काठमाण्डौं /  नेकपा (एमाले) सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष धरान निवासी पदम लिम्बू (इस्वो)लाई सम्मान गरेको छ । 

शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित शेयर मार्केटबारे प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा निर्वाचित लिम्बूलाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरि सम्मान गरे ।  

कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थलहरुको तस्बिर सहित प्रकाशन गरिएको भित्ते पात्रो सामुहिक रुपमा सार्वजनिक गरिएको हो । 

शेयर मार्केटका बारेमा मार्केट विशेषज्ञ महेश रिजाल र कृष्ण गिरीले प्रशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथिसहित पूर्व मन्त्री, एमाले केन्द्रीय सदस्य भगवती चौधरी, धरानका पूर्व उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी, नेकपा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राईलगायतले बोल्नु भएको थियो । 

मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश विष्टले जिल्लाबाट विभिन्न उद्देश्यले काठमाण्डौंमा बसोबास गर्नुहुने पार्टीका सदस्य, शुभचिन्तक तथा नागरिकहरुलाई काठमाण्डौंमा हरेक हिसावले समेट्दै वहाँहरुको काममा सहयोग पुर्याउने र पार्टीको कामलाई व्यवस्थित गर्न सम्पर्क मञ्चले भूमिका खेलिरहेको बताए ।