धरान । व्याटमिन्टन कोर्ट निर्माण सहयोगार्थ नौलो पथ व्याटमिन्टन क्लव धरान–१५ ले सञ्चालन गरेको भाग्य चिठ्ठाको नतिजा विहीबार सार्वजनिक गरेको छ ।
खेलमैदान परिसरमा क्लवका अध्यक्ष दीपेन्द्रप्रकास पराजुलीले गोलाप्रथा मार्फत चिठ्ठाको सार्वजनिक गरेका हुन । क्लवका कोषाध्यक्ष मनिस मगरका अनुसार भाग्य चिठ्ठाको प्रथम पुरस्कार १८० लिटरको फ्रिज धरान–११ का मिलन नेपालले पाउनु भएको छ । दोश्रो पुस्कार ३२ इञ्जको टिभी धरान–१४ का टङ्कप्रसाद नेपाल र तेश्रो पुरस्कार धरान–१५ का ज्ञानेन्द्र कुँवरले पाउनु भयो ।
यस्तै सान्तोनामा सुनिता लिम्बु, विमल राणा, सविता न्यौपाने, जसकुमार ताम्ली धरान र दिनेशकुमार राई झापाले प्रेसर कुकर र आइरन प्राप्त गनुृ भएको छ ।