धरान / २०८१ सालको आधारभूत तहको कक्षा ८ को परीक्षामा धरान उपमहानगरपालिका शिक्षा शाखाबाट सञ्चालित परीक्षामा के.के. इन्टरनेसनल स्कूलकी छात्रा आर्या बराल सर्बोत्कृष्ठ नतिजा हासिल गर्न सफल भएकी छन् ।

विद्यालयल प्रशासनबाट जानकारी गराइए अनुसार कक्षा–८ को बार्षिक परीक्षामा के.के. इन्टरनेसनल स्कूलकी छात्रा आर्या बरालले धरान भरीका निजी विद्यालय मध्यमा सर्वोत्कृष्ठ  नतिजा ल्याएकी हुन । उनले ३.९७ जिपीए ल्याएर धरान सेकेण्ड भएकी छन् ।  

के.के. इन्टरनेसनल स्कूलबाट ६८ जना विद्यार्थी सहभागी मध्यमा १४ जनाले  ३.६ जिपीए भन्दा बढी अङ्क प्राप्त गरेको  विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

कक्षा ८ को नतिजामा ३.६ देखि ३.४ जीपिएलाई देशभर गुणस्तर विन्दु कायम गरिएकोमा धरानका ७० वटा नीजि विद्यालयहरु मध्य ३८ वटा विद्यालयहरुले मात्र गुणस्तर विन्दु कायम गर्न सफल भएको उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश खतिवडाले जानकारी दिनु भयो । कक्षा ८ को बार्षिक परीक्षा स्थानीय तहले लिदैं आएको छ । 

kk shool

उत्कष्ट अङ्क ल्याउने आर्या बराललाई विद्यालयको तर्फबाट ५० हजार नगद छात्रवृत्ति  दिने विद्यालयका अध्यक्ष प्रविण अग्रवालले जानकारी दिनु भयो । विद्यालय सञ्चालनको १० बर्ष पुगेको अवसरमा उनलार्ई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । राम्रो नतिजा ल्याउने विद्यार्थीलाई स्कुलले प्रोत्सोहान गदैं आएको पनि अध्यक्ष अग्रवालले जानकारी दिनु भयोे ।  

शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर ९ बर्ष अघि स्थापना भएको के. के. इन्टरनेसनल स्कूलमा ८ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

धरान उपमहानगरपालिका शिक्षा महाशाखाको तथ्याङ्क अनुसार ७० स्कुलबाट २ हजार ३१६ जना विद्यार्थी मध्ये १ हजार ३४७ पास भएका छन् भने ९६९ जना फेल भएका छन् ।  गुणस्तर विन्दुको पास हुने न्यूनतम २ दशमलव ४ देखी २ दशमलव ८ जिपिए ल्याउनेहरू भने धेरै पास भएका छन् ।  

विद्यालयले धरान टप भएको दावी गरे पनि धरानको शिक्षा सन्देश टप भएको जानकारी प्राप्त भएकाले सच्चाइएको छ ।-सम्पादक

kk school1