धरान / सुनसरी डिलर तथा थोक व्यवसाय संघ धरानको चौथो साधारण सभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा पवन पा्ेद्धार, उपाध्यक्षमा सीताराम आचार्य, सचिवमा अमित अग्रहरी र कोषाध्यक्षमा कुमार साह निर्वाचित हुनु भएकाे छ ।
सदस्यहरुमा नविनराज भण्डारी, विजयकुमार साह, प्रमो्द आचार्य, सञ्जित साह र राजेन्द्र साह रहनु भएकाे छ ।
सोमबार मानिकचन सुरानाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि पूर्व प्रतिनीधि सभा सदस्य जयकुमार राई रहनुभएको थियो । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णकुमार अग्रवाल, निवर्तमान अध्यक्ष गिरीधारी सापकोटालगायतले शéकामना मन्तव्य दिनुभएको थियो ।
नारायण लिम्बुको संयोजक रहेको देवेन्द्र कार्की र हरी कार्की रहेको निर्वाचन समिति बनेको थियो । डिलर व्यवसायको हकहितमा काम गर्ने र उनीहरुको समस्याबारे सरोकारवालाहरुसँग समन्वय गर्ने नव निर्वाचित सचिव अमित अग्रहरीले जानकारी दिनु भयो ।