इटहरी / नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सहरी बिकास बिभागद्वारा आयोजित “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा बिषयक गोष्ठी” शनिवार इटहरीमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य एंव पूर्व मुख्यमन्त्री भीम आचार्यले व्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानका बारेमा प्रकाश पार्नु भयाे । उहाँले भन्नु भयाे, "व्यवस्थित सहरले पर्यटन, उद्योग र रोजगारको क्षेत्रमा ठूलो योगदान पुर्याउँछ, यसका लागि सहरी पूर्वाधार र सहरी सेवा सुविधामा सुधार ल्याउनु पर्छ।"
सहरी बिकास बिभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशका सहरी योजनाहरू निर्माण गर्न महत्त्वपूर्ण नीतिगत सुझावहरूको आवश्यकता औंल्याउनु भयाे । उहाँले यस्ता कार्यशालाहरूले सहरी विकासका लागि आवश्यक दिशा प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न वक्ताहरूले सहरी विकासका सम्बन्धमा टिप्पणी र सुझाव प्रस्तुत गरे। गणेश दाहाल, लेखनाथ घिमिरे, शालिकराम ढकाल, लीलाराज भट्टराई, मानधोज मोक्तान लगायतका व्यक्तिहरूले सहरी योजनामा सुधार ल्याउने सम्बन्धी महत्वपूर्ण सुझाव प्रस्तुत गरे।
कार्यक्रममा सासंद भगवती चौधरीले एक सहर एक पहिचानको महत्त्व र त्यसको माध्यमबाट रोजगारी सृजनाका अवसरहरूको बारेमा मन्तव्य राख्नुभयो। उहाँले “सहरको पहिचान गर्न र त्यसको आधारमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताउनु भयाे ।
कार्यक्रमको अध्यक्षता सहरी बिकास बिभागका प्रमुख लोकेश निरौलाले गर्नुभएको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरी, अमृता सुब्बा, इन्दु गौतमलगायत कोशी प्रदेश सभा सदस्यहरू रोहित बहादुर कार्की र नीरा खनाल तथा इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरी, नगरका निर्वाचित प्रतिनिधिहरू र नेकपा (एमाले) का अन्य पदाधिकारीहरूको उपस्थिती रहेको थियो।
अध्यक्ष लोकेश निरौलाले कार्यशालामा सहरी विकासका लागि सुझावहरू संकलन गर्दै प्रदेश सरकारलाई सहरी नीति निर्माणमा सघाउने र दीगो र सुरक्षित सहर निर्माणका लागि काम गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नु भयाे,“सहरी सुबिधा विस्तार, रोजगारीको अवसर सिर्जना र विपद न्यूनीकरणका लागि नीति र कानुन बनाउन हामी निरन्तर लागी रहनेछौं।”