धरान  /  मिलमा धान पिसाउदा टुक्रिएर आएका चापलका टुक्रा कनिका(खुदी) को पछिल्लो समय अन्य मुलुकबाट नेपाल आयत बढेर गएको छ । नेपाल कृषी प्रधान देश र धान उत्पादनको उर्भर भूमी भए पनि यहाँ आवश्यक कनिकासमेत बाहिरी मुलुकबाट निर्यात हुदैं आएको पाइएको छ । 

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत साउनदेखि फागुन सम्म ३२ करोड ६१ लाख १५ हजार मूल्य बराबरको खुदी भारतबाट नेपाल आयत गरिएको छ । ८१५ म्याट्रिक टन खुदी आयत गरिएको हो ।

आर्थिक बर्ष २०८०/०८१ मा भारतबाट रु. ९१ लाख १४ हजारको २१ हजार ४९ को २१ म्याट्रिक टन खुदी नेपाल आयत गरिएको थियो । यस्तै चीनबाट ६ हजार मूल्यको ७५ केजी खुदी नेपाल आयत गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।  आर्थिक बर्ष २०७९/०८० भारत र जापनबाट खुदी नेपाल आयत भएको थियो । भारतबाट ४२० केजी जापानबाट ३१० केजी गरि ५४ हजारको खुदी नेपाल आयत गरिएको थियो । यो तथ्याङ्कले मुलुकमा चामल मिलहरुबाट हुने उत्पादन घटेको सङ्केत गर्दछ । पशु आहार तथा मदिरा उद्योगको कच्चा पदार्थको रुपमा खपत हुने कनिका नेपाल आत्मनिर्भर हुन नकसेको यस तथ्याङ्कले देखाएको छ । नेपालमा टुक्रिएको चामल (कनिका) पशु आहारका लागि जस्तै  कुखुरा, बंगुर, गाई, भैंसी आदिको दानाका रूपमा पनि प्रयोग गरिदैं आएको छ ।

यसलाई पोषणयुक्त सस्तो खद्यान्न स्रोतको रूपमा पनि प्रयोग गरिन्छ ।  कनिका रक्सी उत्पादन तथा गाउँ घरमा घरेलु रक्सी बनाउन पनि कनिका प्रयोग गरिन्छ । यस्तै चाउचाउ र बिस्कुट उद्योगका लागि पनि कनिका प्रयोग हुन्छ । माछापालन लागि दानाका रूपमा पनि प्रयोग गरिदैं कृषी व्यवसायीहरु  बताउछन् ।

घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले  संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । कतिपय प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिएको छ । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन्।

चर्चामा रहेको घरेलु मदिरा नेपालको कानुन मदिरा ऐन–२०३१ ले वैधानिकता दिएको छैन । तर लुकीछिपी बनाइने यो मदिरामा प्रयोग हुने खाद्यन्न भने भारतबाट आउने कनिका(खुदी) नै प्रयोग हुदैं  आएको पाइएको छ । सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाका अनुसार भारतबाट आउने खुदीको ८० प्रतिशत घरेलु रक्सी बनाउन प्रयोग हुदैं आएको छ । भारतबाट आयत भएको यो खुदी विशेष गरेर पूर्वी पहाडी जिल्लाहरु जाने गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा बढी घरेलु मदिरा उत्पादन हुने गरेको जानकारहरु बताउछन् । नेपाल मै उत्पादन भएको धानलाई चामल बनाउदा आउने कनिकाहरु पनि पूर्वी नेपालका पहाडी जिल्लाहरु मै जाने गरेको सापकोटा बताउछन् ।  

तराई क्षेत्र खाद्यन्नको भण्डार मानिन्छ । यहाँ उत्पादन हुने धान पनि भारतमा बढी निर्यात हुने गरेको व्यवसयाीहरु बताउछन् । ‘मंसिर पुसमा नेपालले धान निर्यात गर्छ । जव नेपालमा खाद्यन्न संकट हुन्छ त्यस बेला महँगो मूल्यमा नेपाल चामल तथा खुदी आयत हुन्छ ।’– निवर्तमान अध्यक्ष सापकोटाले भने । चामल तथा खुदी जस्ता खाद्यन्न भारतबाट आयत हुने गरे पनि नेपालको मिलको अवस्थासमेत नाजुक भएको उनको भनाई छ । मिलमा धान कुटाउन कम मात्रमा आउने गरेको एक मिल व्यवसायी बताउछन् ।  उनका अनुसार जिरा मसिना चापलका दुई टुक्रा भएका कनिका भने मानिसले खानका लागि प्रयोग गदैं आएका छन् ।