काठमाडौं / क्षेत्री समाज राष्ट्रिय महासंघले आफ्नो २२ औं साधारण सभा र सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु भएको छ। यस भव्य कार्यक्रममा न्याय परिषद्का सदस्य माननीय दामोदर खड्काको प्रमुख अतिथ्यमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ। सम्मानित हुने व्यक्तिहरूमा खड्का र नेपाल पत्रकार महासंघका नवनिर्वाचित सह सचिव ईशा अधिकारी क्षेत्रीलगायत अन्य महत्त्वपूर्ण व्यक्ति रहेका छन्।
कार्यक्रममा न्यायको क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरू, खोजमूलक पत्रकारिता गर्ने, र ओमकार हिन्दू संस्कृतिलाई जर्गेना गर्ने व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ। उपस्थित बौद्धिक व्यक्तित्वहरूमा डा. सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, र वरिष्ठ पत्रकार ऋषि धमला रहेका छन्। कार्यक्रममा क्षेत्री समाजका महासचिव बहादुर सिङ्हले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
समाजले क्षेत्री समुदायलाई राज्यको मुख्यधारमा ल्याउने प्रयास गर्दै आएको र यसका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। कार्यक्रममा वक्ताहरूले जातीय मुद्दा भन्दा वर्गीय मुद्दामा जोड दिँदै एकजुट भएर राज्यलाई दवाव दिनुपर्ने कुरा उठाउनु भएको छ।
माननीय खड्काले न्यायपालिकाको नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्नका लागि आफ्नो भूमिका खेल्ने कुरा उल्लेख गर्नुभएको छ। कार्यक्रममा समाजका महासचिवले प्रगति तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमको खाका प्रस्तुत गर्नु भएको थियो।
समाजका अध्यक्ष विष्णु बहादुर खड्काले क्षेत्री समुदायको अधिकारका लागि सधैं योगदान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको छ। यसरी, क्षेत्री समाज राष्ट्रिय महासंघको यो कार्यक्रमले समाजको एकता र समर्पणलाई प्रगाढ गरेको देखिन्छ।