धरान । स्थानीय भवन निर्माण व्यवसायी धरानले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि निर्माण व्यवसायीहरुलाई प्रशिक्षण दिएको छ । धरान उमपहानगरपालिकाको प्राविधिक सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा उपमहानगरले तोकेका मापदण्डमा रहेर भवन निर्माण कसरी गर्ने र कसतो भवन भूकम्ँप प्रतिरोधी हुन्छ, यसका फाइदाहरु, भवन निर्माणका कानुनी प्रक्रियालगायतबारे व्यगवसायीहरुलाई प्रशिक्षण दिइएको संघले जनाएको छ । 

व्यवसायीहरुलाई इन्जीनियरहरु विनय श्रेष्ठ, सफल भट्टराई, सुरज राई, सुरज राई, ऋचा शर्मालगायतले प्रशिक्षण दिइरहेका छन् । व्यवसायीहरुलाई सामाजिक उत्तरदायित्व वहनमा जिम्मेवार बनाउदैं नेतृत्व तथा व्यक्तित्व विकासका लागि एक दिने उत्प्ररेणात्मक तालिमसमेत प्रदान गरिने संघका महासचिव कार्कीले जानकारी दिनु भयो । 

फागुन ११ गतेदेखि सुरु भएको प्रशिक्षण पाँच दिनसम्म चल्ने संघका महासचिव कार्कीले जानकारी दिनु भयो ।  

‘दिगो आवास निर्माण सुरक्षित बसोबासको निमित भूकम्प प्रतिरोधी भवन निर्माण’ भन्ने मुल नाराका साथ नयाँ निर्माण व्यवसायीहरुलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष नारायण लिम्बुले जानकारी दिनु भयो ।