सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउलाई तिव्रता दिएको छ । पाँच महिनाको अवधीमा प्रहरीले २ सय ५३ फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाको नेतृत्वमा असोज १७ यता २५३ प्रतिवादी पक्राउ गरि १० लाख ४९ हजार ९ सय २४ बराबरको जरिवान असुल उपर गरेको हो । उनीहरुबाट ६३ बर्ष ९ महिना १६ दिनको कैद सजाय हुन आउछ ।
विगत लामो समयदेखि अदालतले दोषी ठहर गरेको तर फरार रहेका प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको हो । राजनीतिक संरक्षण र लामो समय अन्यत्र लुकीछिपी वसेका प्रतिवादीहरुलाई प्रहरीले खोजी गरि धमाधम पक्राउ गर्न थालेको हो ।
अदालतले दोषी ठहर गरेको तर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘४०÷५० बर्षदेखि फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ गरिरहेका छौं । कतिपयको मृत्यु भइसकको रहेछ । खोज तलास तिव्र बनाएका छौं ।’–एसपी खतिवडाले भन्नुभयो । डाका, चोरी, कतव्य ज्यान, बलात्कार, दुव्यवहारलगायतका मुद्दाका प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि प्रहरीले खोजी नगरे पछि कतिपय प्रतिवादीहरु जिल्लामा खुलेआम हिडिरहेका थिए । अपराध गरेर केही बर्ष भारत पलायन भएर जिल्लामा आएर लुकीछिपी बस्दै आएका प्रतिवादीको खोजी जारी रहेको एसपी खतिवडाले बताउनुभएको छ । अझै ३ हजार ७ सय फरार प्रतिवादीहरुको कदै भुक्तान हुन बाँकी रहेको छ । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
पेण्डिङमा रहेका मुद्दाका पनि फाइल खोल्दैं प्रहरी
विभिन्न समयमा प्रहरी समक्ष जाहेरी दिएको तर मुद्धा नचलाइएका अभियुक्तहरुलाई पनि खोजी गरि प्रहरीले कानुनी कारवाही सुरु गरेको छ ।
भाईलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार रहेका सप्तरीको महादेवा गाउँपालिका–२ का गणेशी रजकलाई प्रहरीले २० बर्ष पछि पक्राउ गरेको छ । उनलाई माघ २३ गते पक्राउ गरि कानुनी प्रक्रिया अघी बढाइएको छ । ६० वर्षिय रजकले आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ । प्रहरीका अनुसार २०६१ साल माघ १ गते दाजु÷भाईबीच भएको झै झगडाका क्रममा दाई गणेशीले भाई उमेशलाई निर्घात कुटपिट ग िरहतया गरी फरार भएका थिए ।
एसपी ढकेन्द्रका अनुसार कर्तव्यज्यान, सवारी दुर्घटनाका तीन फरार अभियुक्तलाई पक्राउ गरि कारवाही अगाडी बढाइएको छ ।
सुरुङ्गा नगरपालिका वडा नं. २ का शुभ नारायण यादवको घरमा साविक कमलपुर गाविस–७ की ३५ बर्षीय फुलोदेवि यादवलाई २०६३ भदौमा विष खुवाएर मारेको मुद्धाका प्रतिवादी शुभनारायण यादव, बद्रीनाथ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरि कारवाही अगाडी बढाएको छ ।