धरान / धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् ।
ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जी माबोलाई धरानमा कालो मोसोदली कुटपिट गरिएको हो ।
ताप्लेजुङ घर भएका उहाँ आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई कुटपिट गरी कालोमोसो दलेको बताइएको छ । उहाँ याक्चुङ चुम्लुङका उपाध्यक्ष भएकाे बताइएकाे छ ।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरोध गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अमर इजमले बताउनु भएको छ ।
माबोले माफी मागेपछि घटना स्थलबाट मुक्कुमलुङ पक्षधरहरू सो स्थलबाट बाहिरिएका थिए । याक्थुङ चुम्लुङ टोली सहित माबो पनि स्थलबाट बाहिरिएपछि प्रहरी पुगेर घटनाबारे बुझेको छ ।