- सविना श्रैैष्ठ
विराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ६ लाख ५ हजार २ सय ४९ सहयोग रकम जम्मा गरेको छ।
विद्यालयका शिक्षक–कर्मचारी, निजी स्रोतका शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकबाट संकलित रकम कोषमा जम्मा गरिएको हो।
विद्यालयले उपलब्ध गराएको विवरणअनुसार दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक–कर्मचारीबाट रु. ३ लाख ५३ हजार ५ सय ३८, निजी स्रोतका शिक्षक–कर्मचारीबाट रु. १ लाख २४ हजार ६१, विद्यार्थीबाट रु. १ लाख ५ हजार ६ सय ५० तथा अभिभावकबाट रु. २२ हजार सहयोग संकलन भएको छ।
विद्यालय परिवारले विपद्का समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सामूहिक रूपमा रकम संकलन गरी उद्धार कोषमा योगदान गरेको जनाएको छ।



















