• सविना श्रेष्ठ 

विराटनगर /  घरेलु तथा साना उद्योग कार्यालय मोरङले सञ्चालन गरेको सीपमूलक तालिम सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाका विभिन्न वडाबाट सहभागी २६ जना महिलाले तालिम पूरा गरेका हुन्।

तालिम समापन कार्यक्रममा घरेलु कार्यालय मोरङका प्रमुख मेघराज बस्नेतको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका चेतन निरौलाको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा महिला समिति मोरङकी अध्यक्ष अमृता भण्डारीलगायतको उपस्थिति थियो।

तालिममा महिला समिति मोरङकी निवर्तमान अध्यक्ष सुनिता छाराहाङले प्रशिक्षकका रूपमा सहजीकरण गर्नु भयाे । उनीहरुलाई बाटेकाे धुप मैनबत्ती बनाउने तालिम दिइएकाे हाे ।

तालिममार्फत सहभागी महिलालाई तीजसँग सम्बन्धित सीप तथा उद्यमशीलतामार्फत आयआर्जनमा जोड्ने उद्देश्य राखिएको कार्यालयले जनाएको छ।