इटहरी । जरासँगै जनताको मनलाई पार्टीसँग जोड्न नेकपा (एमाले) ले वडा तहसम्म तीन महिने अभियान सञ्चालन गरेको नेकपा .एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनु भएको छ ।
आज इटहरीस्थित लायन्स क्ल्बको हलमा नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा अभिमुखिकरण गर्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका राईले यो अभियान मार्फत २०८४ मा देशको तीनवटै तहमा नेकपा (एमाले)को सरकार निर्माण गर्दै एमालेको नीतिलाई राष्ट्रिय नीतिका रुपमा रुपान्तरण गर्दै देश र जनतालाई विकास र समृद्धिको बाटोमा डोर्याउने बताउनु भयो ।
कार्यक्रममा जिल्लाभरीका करिव १ हजार २ सय अभियन्ताहरु सहभागी रहेका छन् । कार्यक्रमका विशेष अतिथि राईले आगामी २० वर्षमा चुनावको माध्यकबाट श्रमजीवी वर्गलाई राज्यको संरचनामा स्थापित गरेर समाजवादका आधारहरु तयार गर्ने र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने बताउनु भयो ।
यस अभियानका क्रममा १ हजार ३ सय ९ वटा डेक्स निर्माण गरेर एमाले र एमाले नेतृत्व विरुद्धका हमलाहरुको भण्डाफोर गरिने बताउनु भयो । ५ हजार ६ सय ४५ जना साइवर सेनाहरु परिचालन गरेर हाम्रा विरुद्धका षडयन्त्रहरुको खण्डन गरिने राईले बताउनु भयो । 'हामी ग्रुप बनाउछौं र सबैलाई हामीमाथीको साइवर हमलाको प्रतिवाद गरिने छ ।'- राईले भन्नुभयो ।
अभिमुखिकरण कार्यक्रमको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्नु भएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।
अब आउने २०८४ लगायतका तीन तहकै सरकारमा एमालेको बहुमत सरकार बनाउने र एमालेलाई राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्ने पार्टीको गत २०८१ बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका दुई निष्कर्षहरुलाई कार्यान्वयन गर्न यतिवेला एमाले जरा अभियानमा केन्द्रित रहेको छ ।
प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण प्रदिप ज्ञवालीसंगै कार्यक्रममा प्रदेश इन्चार्ज शेरधन राई, पार्टी केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज जगदिश कुसियतले अभिमुखीकरण गर्नु भएको छ ।