धरान / इलाका प्रहरी कार्यालय(इप्रका) धरानले अपराध अपराध हुदाँ अपराध नियन्त्रण तथा न्युनिकरणका लागि कसरी काम गरिरहेको हुन्छ भन्ने अवगत गराउन आइतबार धरानमा सिमुलेसन अभ्यास गरेको छ ।
एउटा कुनै काल्पिनिक घटनालाई लिएर घटना सुरुवात, अपराधको प्रकृति, अपराधमा संलग्नहरुको खोजी कार्य, स्थानीयको दवावलगायत विषयलाई कसरी प्रहरीले सामाना गरेर अपराध नियन्त्रण गर्दछ भने कुरा अवगत गराउन सिमुलेसन अभ्यास(सुइप अपरेसन) गरिएको इप्रका धरानका डिएसपी प्रकास जवेगुले जानकारी दिनु भयो ।
अभ्यासमा घटनाको स्थिति, घटनास्थल, घाइतेको उद्धार, अपराधमा संलग्नको खोजी, नाका ब्लक, सडक चेकजाँचलगायतका लागि सिंगो प्रहरी टिमको परिचालनको तौरतरिका अभ्यासमा प्रर्दशन गरिएको थियो ।
यस्तै सो अभ्यास पछि सडकमा दुर्घटना भइहाले जनपथ प्रहरी र ट्राफिक प्रहरीले कसरी काम गर्छ भनेर सडक दुर्घटनाको अभ्याससमेत गरिएको थियो ।
दुवै घटनाको धरान प्रवेश नाका तिनकुने परिसरमा गरिएको थियो । सडक दुर्घटना हुदा दुर्घटना प्रतिवेधन तयारी, दुर्घटना मुचुल्का, मुद्धा प्रक्रिया र घाइतेको उद्धारलगायतबारे अवगत गराउन अभ्यास गरिएको जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयमा सम्झौता भए अनुसारको बार्षिक कार्यक्रम अनुसार उक्त अभ्यास इप्रका धरान र जिल्ला ट्राफिक कार्यालय धरानको सहकायृमा कार्यक्रम गरिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।
अभ्यास कार्यक्रममा धरान उपमहाननगरपालिकाका उप मेयर आइन्द्र विक्रम बेघा,इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मण रेग्मी, वडा नम्बर ८ का वडाध्यक्ष धन बहादुर राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, सशस्त्र प्रहरीका डिएसपी देवेन्द्रबहादुर सिंहलगायतको उपस्थिती रहेको थियो ।