धरान / नेपालको पुरानो क्लब न्यूरोड टिम (एनआरटी) ले २५ औँ संसकरणको बूढासुब्बा गोल्डकप उपाधी हात पारेको छ । 

गत पुसमा सम्पन्न झापा गोल्डकपमा चर्च ब्वाइजसँग ३–१ गोलअन्तरले हार व्यहोरेको एनआरटीले शनिबारको फाइनलमा २–१ गोलले हराउँदै उपाधि हात परेको हो । यो एनआरटीको तेश्रो जित हो ।

धरान फुटबल क्लबको आयोजनामा २०५५ सालदेखि हुँदै आएको गोल्डकपमा एनआरटीले दशौँ  र २४ औं संस्करणमा उपाधि जितेको थियो । 

शनिबार सम्पन्न फाइनल खेलमा पनि चर्च ब्वाइज २–१ गोलअन्तरले स्तब्ध बन्यो । उपाधिसँगे एनआरटीले नगद १० लाख रुपैयाँसहित ट्रफी पाएको छ । खेलको २३ औँ मिनेटमा चर्च ब्वाइजले पाएको पहिलो फ्रिकिकलाई कप्तान अनन्त तामाङले फ्लिक हेड गरी गोलमा परिणत गर्नु भयो । 

यता २६ औँ मिनेटमा एनआरटीका विदेशी खेलाडीको कर्नर प्रहारमा सरोज घिसिङले हेड गरेको बल माथिल्लो बारमा लागेर रिबाउन्ड भएको थियो । सोही बललाई अर्का विदेशी खेलाडी हेनरी एडिसे पोकोले गोलमा परिणत गर्नु भयो । खेलको ५७ औँ मिनेटमा हेनरी पोकोले ठूलो डिबक्स क्षेत्रबाट गरेको प्रहार गोलमा मात्रै परिणत भएन सोही बल नै जितका लागि निर्णायक बन्यो । 

व्यक्तिगत विधातर्फ पनि एनआरटीले बर्चस्व कायम गरेको छ।

प्रतियोगिताको सवोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित हुनु भयो । उहाँले नगद एकलाख पुरस्कार पाउन ुभयो । हाइ स्कोरको उपाधी चर्चब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंगले पाउनु भयो । 

त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्चातङर वार्डचचा, डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित हुनु भयो । उहाँहरुले जनही २५ हजार पुरस्कार पाउनु भयो ।