धरान  / धरान गत बर्षको विजेता टिम न्युरोड टिम (एनआरटि) २५औं बुढासुब्बा गोल्डकपको फाईनल खेलमा प्रवेश गरेको छ । एनआरटिको फाईनलमा प्रवेशसँगै यो सिजनको लिग विजेता चर्च ब्वाईजसँग उपाधीका लागि भिडन्त पक्का गरेको छ ।

विहिबार धरान रंगशालामा भएको दोश्रो सेमिफाइनल खेलमा एनआरटिले पाहुना टोली युनाईटेड खर्साङ फुटबल क्लब, भारतलाई ३–१ को अन्तरले पराजित गदैं फाइलनमा प्रवेश गरेको हो । 

एनआरटी १० र २४ औं संस्करणको विजेता टिम हो । पहिलो हाफको २८औं मिनेटमा एनआरटीका शिसिर लेखीको गतिलो प्रहारले खाता खोलेका एनआरटी फाइनमा पुगन सफल भयो ।  दोश्रो हाफको ३१ औं मिनेटमा खर्साङका हेमराज भुजेलले गोल गरे ।  खेल पहिलो हाफको अन्त्यतिर मोडिँदै गर्दाको ४५ औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गरे । 

खेलको म्यान अफ द म्याच एनआरटीको तर्फबाट पहिलो गोल गर्ने जर्सी नं. ९ का शिसिर लेखी घोषित भए । उहाँले नगद रु १० हजार प्राप्त गर्नु भयो । 

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ पाउने छ भने  उपविजेता टोलीले ५ लाख पाउने छ । फाइलन खेल माघ २६ गते हुने आयोजकले जनाएको छ ।