धरान / प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस प्रेस चौतारी सुनसरीले मैैत्रीपूर्ण फुटसल खेलेर मनाएको छ । प्रेस चौतारी नेपाल सुनसरी र नेपाल उद्योग तथा ब्यावसायी महासघ धरान विच फुटसल भएको हो । खेलको उद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीले गर्नु भयो ।
प्रतियोगितामा चौतारीलाई ७–५ गोल अन्तरले पराजित गर्दै महासघ बिजयी भएको थियो । कार्यक्रममा केकसमेत काटिएको थियो । प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सहइञ्जार्च देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, पूर्व सांसद जयकुमार राई, नेकपा एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह–सयोजक भीमज्वाला राईलगायतको उपस्थिती रहेको थियो ।
यसै गरि संगठनले साँझ धरान इटहरी र इनरुवा, बराहक्षेत्रमा दीप प्रज्वलन समेत गरेको छ । दिप प्रज्वलन कार्यक्रममा चौतारी आवद्ध पत्रकार र पार्टीका कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।