इटहरी / प्रेस चौतारी नेपाल सुनसरीको आठौं जिल्ला अधिवेशनबाट विकास चाम्लिङ राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । राई यो भन्दा अगाडि जिल्लामा सदस्य, सहसचिव र पछिल्लो समय उपाध्यक्षमा रहेर काम गदैं आउनुभएको थियो ।
समितिको उपाध्यक्षमा विकल पौडेल, उपाध्यक्ष (महिला) सिमा बस्नेत, सचिवमा सुदीप कुमार पोखरेल, सहसचिव लक्ष्मण कटुवाल, समावेशी सह सचिव सुमित्रा राई (सन्जु) र कोषाध्यषमा रोशन दाहाल निर्वाचित भएको निर्वाचन समितिकी संयोजक सावित्रा दाहालले जानकारी दिनुभयो ।
सदस्यहरु क्रमशः जीवत विष्ट, निर्मला पौडेल, मौसमी कार्की, रुद्रराज शर्मा जम्मरकट्टेल, मित्र क्षेती, सचिन राइ, राजन घिमिरे, आदेश गौतम, रूपक पराजुली, सनम तामाङ र विकी श्रेष्ठ चयन हुन भएको छ । यस्तै केन्द्रिय परिषद सदस्यहरुमा भोजराज श्रेष्ठ, शशि कोइराला, प्रेम वास्तोला, कृष्ण वहाव, हिमाल दाहाल, केशवप्रसाद भट्टराई र सुभद्रा प्याकुरेल निर्वाचित हुनुभएको छ ।
यस्तै प्रदेश परिषद् सदस्यहरुमा शैलेन्द्र चौधरी, भोला श्रेष्ठ, रेवती निरौला, शिशिर भट्टराई, बाबुराम खड्का, रुमा रिजाल र यसोदा सेने निर्वाचित हुनुभयो । निर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सपथ ग्रहण गराउनुभयो ।
पूर्व अध्यक्षलाई सम्मान
विहीबार इटहरीमा भएको अधिवेशनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीमा विगतमा नेतृत्व गरेर महत्वपूर्ण योगदान दिएको भन्दैं पूर्व अध्यक्षहरुलाई सम्मानसमेत गरिएको छ । संस्थापक पूर्व अध्यक्ष राजकुमार कार्की, कृष्णविनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भीमज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्कीलगायतलाई सम्मान गरिएको थियो । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, संगठनका अध्यक्ष गणेश बस्नेतले उहाँहरुलाई सम्मान गर्नु भयो ।
यसै गरि प्रेस चौतारी सुनसरीले स्थापना गरेको स्व. अमर बहादुर कार्की स्मृति पत्रकारिता सम्मानबाट कोशी प्रदेशका अग्रज पत्रकार क्रिम लुइटेललाई सम्मान गरिएको छ । स्व. अमरबहादुर कार्कीका छोराहरुले स्थापन गरेको अमर फाउडेशन नेपालको तर्फबाट सम्मान गरिएको हो । यसै गरि निर्माण भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज श्रेष्ठ, कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट बसन्त बान्तवा र प्रेस चौतारी उदयमान पत्रकारिता पुरस्कारबाट सृर्जना ठाकुर पुरस्कृत हुनु भएको छ ।
कार्यक्रममा नेकपा एमाले जनसङ्गठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेकपा एमालेका नेता, प्रेस चौतारीका पूर्व अध्यक्ष साथै प्रेसजन्य सङ्गठनका जिल्लाका प्रमुख, नेपाल पत्रकार महासङ्घका नेतृत्वको आतिथ्यता रहेको थियो ।