मोरङ  / राष्ट्रिय खेलकुद परिषद पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले अरुबेला प्रतिस्पर्धीहरुलाइ हराउने खेलाडीहरु भाषण गर्न  जान्दैनन तर सहि समयमा सहि मुलयाङ्कन गर्न र सहि नेतृत्व छान्न जान्ने बताएका छ्न ।
बिहिवार मोरङ क्षेत्र ३ वमगठबन्धनको चुनाबी साँस्कृतिक तथा चुनावी कोणसभा बोल्दै  नेपाली काङ्ग्रेस यो चुनाव अन्तिम हुने बताए । विपि कोइरालाले रोपेको रुख गिरिजाप्रसाद कोइरालाले हजारीबाट पानी हालेर हुर्काएको रुख सुशील कोइरालाले बढाएको रुख सेरबहादुर देउबाले त्यो रुखलाइ काटेर लडाएर दाउरा चिरेर खरानी घस्ने बनाएको उनको भनाई थियो ।
राजदुत नियुक्त गर्ने सबालमा विदेशको पचास डिग्री को गर्मीमा गरिबको नौ जवान छोरा छोरीलाई ठगेर पठाउने मेनपावरको धनीलाई राजदुत बनाउने शेरबहादुरले देशको विकास गर्न नसक्ने बताए ।
नेपालको न्यायलय इतिहासमा पहिलो महिला  न्यायाधीश भएको सुशीला कार्की जस्ले बाईस हजार तामेलीमा रहेको गरिब को पक्षमा रहेको मुद्दाहरुलाई दिनको एकसय पचासका दरले  छिन्छु भन्दै अठार सय छिनेको मुद्दालाई अधकल्चो बनाएर बिल्माटो बनाएर महाअभियोग लगाएर अगाडि बढन दिएनन । उहाँको इमान क्षेत्रमा तीन आनाको जग्गामा घरबनाएर श्रीमान श्रीमती बस्तै आएकी उहाँ प्रति शेरवाहादुर समाजमा गिरेको उनको भनाई छ ।
शन्तिसुरक्षा अ्मन चयन गराउने नेपाल प्रहरी को नवराज सिलवालले उल्लेखनीय काम गरेको अपराध अनुसन्धानको सबाल  बोर्डरमा भएको गलत कृयाकलाप गुन्डागर्दी र तस्कर नियन्त्रण गर्ने दुबईमा गएर ३८ किलो सुन पक्राउ गरि राजस्वलाई बुझाउने विमान चलाउने नक्कली प्रमाणपत्र धारी बाउन्न जना पाइलटलाई जेलमा हाल्ने काम गरेका व्यक्तिलाई न्याय गर्ने काङग्रेस जनताले प्रष्ट बुझेका छन् ।  ‘उपचारमा खेलवाड गर्ने नक्कली प्रमाणपत्रधारि २० जना डाक्टरलाई कार्बाही गरेको ब्याक्तीलाई आइजीवी बन्न षड्यन्त्र गरेको कतै छिपेको छैन् ।– तिम्सिनाले भनेर्–काङ्ग्रेसले नक्कली सर्टिफिकेटको निगरानीमा रहेर भागेको  व्यक्ति सुनिल शार्मालाई प्रतिनिधि सभामा टिकट दिएको सुन्दैछु । यहहीबाट बुध्झ्न सकिन्छ काङ्ग्रेसको असल चरित्र ।
सोहि कार्यक्रममा रास्ट्रिय फुटबल खेलाडी हरि खड्काले खेल को उदाहरण दिदै मैदानमा रफ खेल्ने पनि हुन्छन तर अनुशासित खेल्ने खेलाडी हुन्छ्न त्यसैले बेइमानहरुलाइ हराउनै पर्ने बताए । ईमानदार लाई जिताउनु पर्छ त्यसैले भानुभक्त जी जस्तो ब्याक्तिले नेपालको खेलकुदलाई बिकास गर्दै अन्तरास्ट्रिय स्त्तरसम्म पुर्याउनु हुन्छ भन्ने बिस्वासले गर्दा ऐक्यबद्धता जनाउन आएको बताए ।  विहीबार मोरङको हरैचामा भएको कार्यक्रममा  खेलाडीहरुले साथ दिएका थिए । जनताका असली प्रतिनिधिलाई जिताउन उनीहरु मैदानमा आएका हुन । जनसाँस्कृतिक मञ्चका कलाकारहरुले चुनाबी गित गाउदै हरैचा बजारको माहोल तताएका थिए । कार्याक्रममा प्रतिनिधि सभाको उम्मेदवार भानुभक्त ढकाल प्रदेश सभा ख का उम्मेदवार राजकुमार ओझाले सम्बोधन गरेका थिए ।