धरान  / धरान -१५ स्थित नौलो पथमा रहेको नौलो पथ ब्याडमिन्टन क्लबले स्गथानीहरुको लागि शनिवार एकदिने निस्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। धरानमा रहेको सिटि हस्पिटलसँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरबाट २३६ जना स्थानीय लाभान्वित भएका छन् । 

शिविरमा सामान्य स्वास्थ्य जाँच, मुटु, थाइरोइड, मधुमेह, रक्तचापलगायतको परीक्षण गरिएको शिविरमा सहभागी चिकित्सकले जानकारी दिनु भएको छ । शिविरमा बाल रोग, मुटु रोग र स्त्रीरोग विशेषज्ञहरुको सहभागीता रहेको नौलो पथ व्याटमिन्टन क्लवका अध्यक्ष दिपेन्द्रप्रसाद पराजुलीले जानकारी दिनु भयो । 

शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता रहनु भएको थियो । क्लवका उपाध्यक्ष जसबहादुर ताम्ली लिम्बुले स्वागत गर्नु भयो । उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिका वडा न. १५ का अध्यक्ष नरेश इवारम, सदस्य रंगलाल गिरी, पूर्व सदस्य ज्ञानेन्द्र बस्नेत र नौलो पथ टोल विकास संस्थाका उपाध्यक्ष निम्बुटी शेर्पा, विशाल टोल विकास संस्थाका दल बहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।