धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही पत्रकार तथा मजदुर नेताहरुले खेलेको देउसी कार्यक्रमबाट उठेको दक्षिणा मध्ये ६५ हजार रुपैया क्यान्सर पीडित र मृगाैला राेग पीडितकाे उपचारका लागि प्रदान गरिएको छ । 

बुधबार नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण गरिएको जानकनरी दिइएकाे छ ।  व्यवसायी विमला श्रेष्ठले ५ हजार र शिवराज श्रेष्ठले रू. ५  हजार ५ सय सहयाेग गर्नु भएकाे थियाे ।

२०८१ को तिहारमा देउसी खेलेर प्राप्त दक्षिणा ८६ हजार मध्ये  मुखको क्यान्सर पीडित भानुचोकमा भारी बोक्ने काम गर्ने स्टेण्ड मजदुर बुद्ध ठटाललाई १० हजार र मृगौला पीडित इटहरीका पत्रकार पीबी दियालीलाई १० हजार प्रदान गरिने अध्यक्ष राईे बताउनुभयो ।  

विगत एक दशकदेखि यही समुहले देउसी खेलेर प्राप्त दक्षिणाबाट साहित्यकार श्री सुब्बाको कृति प्रकाशन, स्पाइनलकर्ड इन्जुरी भएका यातायात मजदुर पून्य प्याकुरेल घर निर्माण अभियानमा सहयोग, पत्रिकाका हकर ज्ञानबहादुर माझीको घर निर्माणमा सहयोग, एकल महिला जानुका बिकको घर निर्माणमा सहयोग गरिएको थियो । विगत १० बर्षदेखि निरन्तर देउसी खेलेर  सामाजिक काममा सहयाेग गर्दै आएकाे अध्यक्ष चाम्लिङले  जानकारी दिनु भयाे । (पीडितकाे आग्रह अनुसार समाचार सम्पादन गरिएकाे छ ।