भारतसँग नेपालको खुला सिमाना छ । दुवै देशका बासिन्दा निर्बाध एकअर्काका मुलुकमा आउनजान पाउछन् । खुल्ला सिमानासँगे यहाँ पुरानो जनस्तरको सम्बन्ध पनि छ । नेपाल सधैँ नै सार्वभौम स्वतन्त्र मुलुक रहेको छ । यसैले नेपालीहरू भारतीय शासकले पनि नेपालको स्वतन्त्रता र सार्वभौम सत्ताको सम्मान गर्ने अधिकार र अपेक्षा राख्छन् । दुर्भाग्य, भारतीय पक्षले भने सानातिना मामिलामा पनि नेपालीको चित्त दुख्नेगरी हेप्ने वा बलमिच्याइँ गर्दैआएको छ । यसले भने नेपालीहरुको मन दुखाउने गरेको छ ।
दार्चुलामा नेपाली भूमिमा नेपालको अनुमति नलिईकनै बाटो बनाउने काम गरिरहेको छ । सिमानामा नेपालको सहमति विना बाँध बाध्ने, पर्खाल लगाउने, पिलर सार्नेसम्मका काम भारतले गर्दै आएको छ । यसलाई भारतको हेपाहा प्रवृत्तिको उदाहरणको रुपमा लिन सकिन्छ ।
केही साता पहिले भारतीय सुरक्षाकर्मीले नेपालभित्र पसेर नेपाली नागरिकलाई अपहरणको शैलीमा पक्रेको र नेपालका सुरक्षाकर्मीले छुटाएको समाचार सार्वजनिक भएको थियो । सीमा स्तम्भ सारिएको वा नेपाली भूमिमा भारतीय पक्षले बल मिच्याइँ गरेकाजस्ता घटना त लेखाजोखा गरेरै सकिँदैन । हेपाइ र थिचोमिचो मित्रताको लक्षण मान्न सकिदैन् । भारतको यस्ता प्रवृति प्रति राज्य चनाखो हुनु पर्दछ ।
भारतको हेपाहा व्यवहार र बलमिच्याइँको स्पष्ट शब्दमा विरोध गर्ने आँट नेपालले गर्नु पर्दछ । सानातिना घटना भन्दै यस्तो हेपाहा प्रवृत्तिलाई बेवास्ता गर्ने काम अव सरकारले गर्नु हुदैन् ।