धरान / नेपाली जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र नेपाली कांग्रेसकै कारण खतरामा रहेको नेकपा एमालेका सुनसरी जिल्ला सदस्य तथा मजदुर नेता भिम राई ज्वालाले आरोप लगाएका छन् ।
धरान १९ स्थित सुनाम टोलमा वामगठबन्धनका उम्मेदवारहरुको घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै राईले टोलपटक पटक नेपाली कांग्रेसको नेतृत्वमा देश रहँदा जनताको अधिकार राजालाई बुझाउन पुग्ने गरेकाले फेरि पनि अधिकार राजालाई बुझाउँन खोजेको उनको आरोप छ । ‘काङग्रेसले १५ साल देखि नै जनताको अधिकार राजालाई बुझाउदै आएको छ,’ उनले भने, ‘२०५९ सालमा पनि वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले ज्ञानेन्द्रलाई जनताको अधिकार सुम्पेका थिए ।’ लोकतन्त्रको रक्षक भनिए पनि कांग्रेसनै प्रमुख खतरा बनेको उनको भनाई छ ।
लोकतान्त्रीक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अशोक राईप्रति प्रहार गर्दै उनले लोकतन्त्र माथिको खतरा बनेको आरोप लगाए । संविधानसभाबाट जारी भएको नयाँ संविधान जलाउनेहरु नै अहिले कांग्रेससंग मिलेर लोकतन्त्रलाई समाप्त पार्न प्रहार गर्न थालेको उनले आरोप लगाए । बहुभाषिक, बहुधार्मिक, बहुजातीय समाजलाई भाड्न कांग्रेस र संघीय समाजवादी फोरमले गरेको उनले बताए । संविधान जलाउने, समाज भाड्ने, काम कांग्रेस र फोरमलाई नेपाली जनताले पाखा लगाउनु पर्ने उनले बताए । आफ्नै गृह खोटाङबाट बाहिष्कार भएर उदयपुर झरेका अशोक राई त्यहाँबाट पनि बहिष्कृत भएर धरान आएको आरोप लगाए ।
एमालेको तर्फबाट बनेको स्थानीय सरकारले धरानमा सुकुम्बासी समाधान गर्ने कार्य अघि बढाईसकेकाले देशकै सुकुम्बासी समस्या समाधान गर्ने एमाले मात्रै रहेको उनले बताए । घरदैलो कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार प्रदिप भण्डारी, माओवादी तर्फ की समानुपातिक उम्मेदवार चेतना श्रेङलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।