धरान /  अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज धरान, इटहरी, इनरुवा, बराहक्षेृत्र, दुहवीलगायत जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । 


पोखरी, तलाउ तथा नदी किनारामा बनाइएको स्थायी छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसो १२ बजेपछि घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेका थिए । 

छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य  दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ । 

बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ । 

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य  दिने गरिन्छ । पहाडे समुदायिको बसोवास रहेका धरानमा  प्रत्येक बर्ष छठ निष्ठा र श्रद्धापूर्वक  मनाउदैं आएका छन् ।  । श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँने गरेका छन् । छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।

इटहरी उपमहानगरपालिका– ४ स्थित  बिहीबार साँझ बुढी खोला (बुढी गंगा जमूना) खोलामा देखिएको छठ पर्वको रौनक। तस्विरहरुः स्वर्णिम राई /धरान

6e6c7969-cf4e-439c-929a-08d99c394044

99d74209-35ea-43c8-806a-7b552997a546

41e9c6d7-c6b8-4492-b94e-2931dc91a97f

fb01f935-d109-4fc4-be63-8bf183c865de

91bb2836-95a5-45ba-88fc-76a4f1840678