इटहरी / इटहरी इपमहानगरपालिका वडा नंं १७ का वडाध्यक्षकाे परि पत्रमा इटहरीस्थित पकली माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोदकुमार झालाई गरिएको पत्रचारका विषयमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इटहरीले ध्यानाकर्षण भएको जनाएको छ । 

असोज १८ड गते वडाध्यक्ष प्रभातकुमार आचार्यको नाममा झा विरुद्ध विभिन्न अनियमितताको आरोप लगाउदैं विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा  कुनै काम नगर्न पत्रचार भएको थियो । 

सो काम प्रचलित ऐन नियम विपरित सामुदायिक विद्यालयको शैक्षिक गतिविधीलाई खल्वलाउन खोजिएको भन्दैं महासंघका अध्यक्ष  रुद्रबहादुर बस्नेतले विज्ञप्ति जारी गरि वडाको उक्त काम तत्काल सच्चाउन आग्रह गर्नु भएको छ । 

२०७९ माघ २५ गते सरोकारवालाहरुको सर्वपक्षिय भेलाबाट सदस्य पदमा निर्वाचित भई शिक्षा ऐन अनुसार झा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शिक्षा ऐन तथा नगर शिक्षा ऐनले निर्दिष्ट गरे अनुसार झाले काम गरिरहेकोसमेत विज्ञप्तिमा दावी गरिएको छ । 

वडा कार्यालयको निर्णय तत्काल नसच्चाइए  महासंघ मुकदर्शक भएर नबस्ने चेतावनी दिदैं कठोर निर्णय लिन महासंघ बाध्य हुने भनिएको छ ।

वडाध्धयक्ष आचार्यले उपमहानगरको शिक्षा, युवा तथा  खेलकुद महाशाखाको पत्रानुसार प्रचलित नियमवली अनुसार  अधयक्षको योग्यताको कागज पत्र मागिएको तर नबुझाइएको र पदीय मर्यादा विपरित आर्थिक लेनदेनमा मुछिएको  उल्लेख गरेर झालाई शुक्रबार पत्र लेख्नु भएको थियो । महाशाखाबाट कुनै निर्देशन नआउनजेल अध्यक्षको हैसियतमा कुनै काम नगर्न भनिएको छ । 

आचार्य सुनसरी क्षेत्र नंं २ क का प्रदेश सभा सदस्य रेवती भण्डारीको आर्शिवादमा वडाध्यक्षको टिकट पाएर जित्नु भएको थियो । झा पनि एमालेसँग आवद्ध रहेको बताइएको छ । झा नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य भएको बताइएको छ । झासँगको व्यक्तिगत इगोमा आचार्यले पत्र लेखेको एमालेका एक नेताले बताउनु भयो । उहाँका अनुसार १७ बर्षदेखि झा विद्यालय व्यवस्थापन समितिमा रहेर काम गदैं आउनु भएको छ । दुई कार्यकाल अध्यक्ष भएर काम गरेको उहाँको भनाई छ ।  

samudaihik school