संखुवासभा  / तुम्लिङटार विमानस्थल एक घरेलु विमानस्थल हो जुन तुम्लिङटारमा अवस्थित कोशी प्रदेशको सङ्खुवासभा जिल्लामा सेवा प्रदान गर्दछ। यो मकालु बरुण राष्ट्रिय निकुञ्जको मुख्य पर्यटकीय प्रवेशद्वार पनि हो।

तत्कालिन मेची, कोशी र सगरमाथा अञ्चलका दुर्गम क्षेत्रमा हवाई यातायात सुविधा पुर्‍याउने उद्देश्यले यो विमानस्थल पहिलो पटक निर्माण गरिएको हो। तुम्लिङटार उपत्यकाबासीबाट वि.सं २०२१ मा विमानस्थलका लागि जग्गा अधिग्रहण गरिएको थियो । एयरपोर्ट सुरुमा  डिसि थ्रीएच को लागि डिजाइन गरि,३३०० फिटको लम्बाइ भएको धावनमार्ग बनाइएको थियो। आर्थिक वर्ष २०२७(२८ मा स्वच्छ मौसममा उडान हुने विमानस्थल निर्माणका लागि २ लाख ६० हजार बजेट विनियोजन गरिएको थियो।  विमानस्थलले २०२९ असोज १५ गतेदेखि उडान सञ्चालन सुरु गरेको थियो।

विमानस्थल १,७०० फिट (५१८ मी) को उचाइमा अवस्थित छ औसत समुद्र सतह माथि रहेको छ । यसमा एउटा धावनमार्ग छ जुन ४,००० फिट (१,२०० मी) लम्बाइमा। यस क्षेत्रलाई अरुण उपत्यका पनि भनिन्छ । जुन विश्वकै होचो उपत्यका हो ।