धरान / धरानमा आयोजना भैरहेको नेपालआइस प्रादेशिक महोत्सवमा भब्यरुपमा होलि उत्सव मनाइने भएको छ । नेपालआइस होलि धमाका नामको बिशेष कार्यकर्म आगामी फागुन १८ गते महोत्सव स्थल पब्लिक स्कुलको मैदानमा दिउसो १२ बजे देखि आयोजना हुने भएको छ ।

धरानका स्थानीय चर्चित कलाकारहरु गंगा बरदान , नवराम राई , डिल्ली फोम्बो , प्रशान्त शर्मा लगायत बबिन लिम्बु , प्रतिक कालिकोटे , इशा तामांग , टिना राई लगायत अन्य कलाकारहरुको बिशेष प्रस्तुतिले होलि धमाका बिशेष हुनेछ । संगीत संगै अन्य विभिन्न आकर्षक नृत्य प्रस्तुति  तथा मनोरन्जनात्मक खेलहरु पनि कार्यकर्म मा खेलाइने भएकोछ । सुनसरी उधोग बाणिज्य संघ को आयोजना मा भैरहेको महोत्सव आगामी २१ गते सम्म आयोजना हुनेछ । महोत्सवमा आगामी १९ गते राजेश पायल राई , आगामी २० गते मेलिना राई र २१ गते भीटेनको बिशेष प्रस्तुति हुने जनाएको छ ।