धरान / होटल मेनेजमेन्टमा उत्कृष्ट व्यवस्थापन गदैं आएको धरानको धरान मेघा हिमालयन कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएकाे छ । कक्षा १२ को परीक्षामा ५ जनाले ए प्लस, ५५ जनाले ए, १३९ जनाले वी प्लस ल्याएर सतप्रतिशत उत्तीर्ण गरेको कलेजले जनाएको छ ।
होटल मेनेजमेन्टकी हेलिन गुरुङले धरान भरीका कलेज मध्यबाट उत्कृष्ट नतिजा ल्याउनु भएको छ । उहाँले ३.६२ जिपीए ल्याएर धरान प्रथम हुनु भएको कलेजले जनाएको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार कक्षा -१२ को नतिजामा विज्ञान तर्फ शतप्रतिशत, होटल र व्यवस्थापन तर्फ ९३ प्रतिशत उत्तीर्ण भएका छन् ।
आइतबार कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरु र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कलेजको शैक्षिक, व्यवस्थापकीय पक्षबारे जानकारी गराइएको छ । यहाँ अध्ययन गरेर बाहिर गई सफल भएका विद्यार्थीहरुको बारेमा पनि जानकारी गराइएको थियो । कलेजका अध्यक्ष कैलास लिम्बु र सूर्य अधिकारीले विद्यार्थीहरुलाई सहजिकरण गर्नु भएको थियो ।
मेघा कलेजमा होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्युटर म्यानेजमेन्ट, फूड एन्ड न्युट्रिसनजस्ता सङ्कायमा विद्यार्थीहरूको आकर्षण बढेको छ । घिमिरे भन्नुहुन्छ, ‘लामो समयदेखि शैक्षिक क्षेत्रमा अनुभव प्राप्त दक्ष जनशक्तिसँगै काठमाडौँका नाम चलेका विभिन्न शैक्षिक संस्थामा १० वर्षभन्दा लामो अनुभव गरिसकेका दक्ष शिक्षकहरुद्वारा अध्यापन गराइने भएकाले यो कलेजमा विद्यार्थीको भविष्य सुनिश्चित छ ।’ यस विद्यालयमा नर्सरीदेखि नै पठनपाठन हुने गरेको छ । अहिले यहाँ कक्षा ११ र १२ मा ७ सयभन्दा बढी विद्यार्थीहरू छन् भने बीबीएसमा ३ सयभन्दा बढी विद्यार्थी छन् । धरानलाई शैक्षिक केन्द्र बनाउने विषय नारामा मात्र सीमित भएकाले व्यावहारिक रूपमै धरानलाई शैक्षिक केन्द्र बनाउन धरान मेघा कलेज लागिपरेको संचालकहरुको दावी रहेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!