काठमाडौँ /  पूर्वको विजयपुरस्थित पिण्डेश्वर मन्दिर, काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पिण्डेश्वर मन्दिर बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ३ बजेदेखि नै मन्दिरका ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पिण्डेश्वर बाबा धाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिनुभयो । झक्तजनहरुले आइतबार नै सप्तकोशी नदीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउदैं आएका छन् । 

उहाँले भन्नुभयो, “बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।”

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पिण्डेश्वर मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ ।