धरान / धरान खानेपानी बोर्डको स्वाघोषित अध्यक्ष भएर धरान उपमहानगरपालिकाका मेयर हर्कराजा राईले खानेपानी पानी महशुल्क तथा अन्य शुल्कमा अत्याधिक वृद्धि गरे पछि यहाँका राजनीतिक दल र उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । 

उपभोक्ताहरुले थान्नै नसक्ने गरि महशुल्क तथा धारा जडानलगायतको शिर्षकमा शुल्क वृद्धि गरे पछि धरान १० राजनीतिक दलहरुको नेतृत्वमा विरोधका कार्यक्रम भइरहेका छन् । 

धराने जनताले खानेपानी अभाव झेल्दै आएका बेला झन महसुल पनि अत्याधिक वृद्धि गरे पछि धरान जनताको हकहितका लागि आफुहरुले नेतृत्व लिएर महशुल्क वृद्धि विर्ताका लागि आन्दोलन सुरु गरिएको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले जानकारी दिनु भयो । 

उहाँका अनुसार सुरुमा ७२ घण्टाको समय दिइएको थियो । ७२ घण्टामा मेयर साम्पाङले कुनै चासो नदेखाए पछि  स्थानीय संघ संस्था, राजनीतिक दल, टोल विकास संस्थाहरु, वडा कार्यालयहरुसँग छलफल गरेको थियो । उनीहरुको साय सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम अघि सारिएको छ । 

बोर्डमा ७ जना भन्दा बढीको समिति हुने भए पनि मेयर साम्पाङ एक्लै अध्यक्ष घोषणा गरेर आफु खुशी निर्णय गरे पछि टोल विकास संस्था, वडा समितिहरु पनि रुष्ट बनेका छन् । दलहरुको आन्दोलनमा नागरिक समाज, टोल विकास संस्थाहरुले पनि एक्यबद्धता जनाएका छन् ।

खानेपानीको मुद्धालाई अगाडि बढाएर स्वतन्त्रबाट मेयरमा चुनाव जितेका हर्कराजराज राईले खानेपानीको सहजतासँगै महसुलमा समेत सहजता गर्ने भनेर चुनाब जिते पनि अहिले सर्वसाधारणको ढाडसेक्ने गरी खानेपानीको महसुल बढाए पछि उहाँको सर्वत्र आलोचनासमेत हुदैं आएको छ । मेयर साम्पाङले भने ५६ करोड एडिविको ऋण अघिल्लो कार्यकालका जनप्रतिनीधिहरुले लिएकाले त्यो ऋण तिर्न महसुल बढाएको बताउदैं आउनु भएको छ । 


मेयर हर्कराज राई अभियन्ता हुँदा तत्कालिन मेयर तिलक राईले बोर्ड समितिको बैठकले २५ प्रतिशत महसुल बढाउँदा आन्दोलनमा होमिने अहिले मेयर र बोर्डको अध्यक्ष हुदा मनपरि ढंगले महसुल बढाउँनु न्याय संगत नभएको स्थानीय बताउनु हुन्छ । 

आज आइतबार शुल्क वृद्धिको विरोधमा खानेपानी उपभोक्ताहरुको सहभागीतामा बोर्ड कार्यालय घेराउसँगै धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने दलहरुले जनाएका छन् । बोर्डको कार्यालय तालाबन्दी गर्ने दलहरुले चेतावनी दिएका छन् । यता उपभोक्ता, जिम्मेवार राजनीतिक दलहरु आन्दोलन गरिरहदा मेयर साम्पाङले भने कुनै प्रतिक्रिया जनाउनु भएको छैन् । उल्टै ऋण तिर्ने योजना लिएर म कहाँ आउनुभनेर फेसबुकमा लेख्दैं आउनुु भएको छ । 

कति बढ्यो शुल्क

विगतमा धरान खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडानमा पाइपको साइज अनुसार १५ देखि २५ हजारसम्म लिने शुल्क अहिले २० हजारदेखि १ लाख सम्म पुर्याएको छ । विगतमा होल्च चेन्जमा २ हजारदेखि ६ हजारसम्म लिँदै आएकोमा अहिले पाइपको साइज अनुसार ५ हजारदेखि २० हजारसम्म पुर्याएको छ ।

यस्ता धेरै कुरामा अहिले ९ हजार ९ सय प्रतिशतसम्म बृद्धि भएको छ। हुन त बोर्डकौ बैधताको विषयमा समेत बोर्डकै सदस्यहरुले कुरा उठाउँदै आएका छन्।

khanepani sulka