• मीना श्रेष्ठ सवी

आमाको काखमा

 चिच्याएर बेस्सरी रुँदा

लहै नानी लहै 

भन्दै भजन गाएको

अहिलेसम्म कानमा गुञ्जिरहेकोछ ।

साँच्चै त्यति बेला

भगवानको शक्ति

र आमाको भक्तिले होला

म निदाउँथे रछु।

..................................................

मेरी हजुरआमा पूजा गर्नै

जान्दिन थिइन्

जानी नजानी दियो बालेर 

मेरो घर परिवार सन्तान 

र शान्ति दिनुस् प्रभु

भन्दै दुई हात जोडेको

याद छ ।

....................................

आज हजुरआमा छैनन् 

भक्ति र स्वाभिमान भेटिँदैन

मन्दिरमा दियो बल्दैन

भ्रष्ट भेटिन्छन् ठूल ठूला पहलमान

भेटिन्छन् बडिगार्डसहितका ढोँगी

भेटिन्छन् ।

.............................................................

खोला नाला बेचिन्छ

मठमन्दिर बेचिन्छ

पावर र पद बेचिन्छ

आफ्नै आमाको काखको

भरोसा हरायो

जन्मभूमि आउँदा 

अघिपछि काला काला बडिगार्ड

लिएर आउँछन् ।

.......................................................

धर्म हरायो आस्था हरायो 

भाषा हरायो भेष भुसा हरायो

भजन हरायो ।

हिन्दी गीत बजेको छ

रातो सारी झपक्कै पारी

हेर्नुस् रमेकोछ।

पैसामा बेचिएको छ

संस्कृति र धर्म ।।

विराटनगर