बिराटनगर/ निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार  हस्ताक्षर भएको छ ।

कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत  रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गर्नुभयो । यो समझदारी पछि कोशि प्रदेशका सर्वसाधारण नागरिकमा उधमशिलताको बिकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ । यो समझदारीले सर्बसुलभ कर्जा प्रबाह गर्न बैंक तथा बित्तिय संस्थालाइ प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । मुख्यमन्त्री  कार्किले अब प्रदेश नयाँ समझदारीका साथ अघि बड्दा बिकास   र रोजगारीमा सहयोग पुग्ने  बिश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रमुख सचिब केदारनाय शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउदै  आगामी दिनमा प्रदेशमा  नंया नयाँ काम गर्न सहज हुने बताउनु भयो । कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उधोग बिकास र उधमशिलता बिस्तारलाइ समझदारीले नयाँ ढोका खोलेको बताउनुभयो । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुबेदिले कोशि प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिनुभयो । उहाले चाडै नै रोजगारिका लागी मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताउनुभयो । प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालाइ तालीम दिइ अनलाइन रोजगारी  यसै बर्ष दिने प्रदेश सरकारको तयारी छ ।