धरान / हाल देशभर मनसुनी वायुको प्रभाव बढि रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, उदयपुरलगायत जिल्लाको आसपासमा आज रातीदेखि नै भारी बर्षा भइरहेको छ । 

सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केरावारी, लेटाङ, हरैचा, भाउन्ने र आसपास भारी बर्षा भएको छ । जल तथा मौसम विभागले धरानको सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भई बहने  साना खोला आकस्मिक बाढी आएकाले आसपासमा बस्ने स्थानीयहरुलाई सचेत रहन आग्रह गरेको छ । 

विभागले दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन भनेको छ । हाल उक्त क्षेत्रमा रातीदेखि पानी परिरहेको छ ।