धरान / पूर्व पर्यटन मन्त्रीसमेत रहेका नेकपा एमालेका सचिव भीम आचार्यले विष्णुपादुका र बराह नगरपालिकाको पहाडी क्षेत्रलाई प्रदेश १ को नमुना पर्यटकीय स्थल बनाउने उद्घोष गरेका छन् । सुनसरी क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता आचार्यले आगामी ५ वर्ष भित्रमा यो क्षेत्रमा विकासको लहर आउने र मुहार फेर्नेसमेत बताए । विहीबार बराह नगरपालिका १ स्थित धापागाउँमा चुनाबी कोणसभामा बोल्दै नेता आचार्यले बराह नगपालिका र विष्णुपादुकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने पनि योजना सुनाए । यो क्षेत्रमा धार्मिक पर्यटनको प्रबल संभावना रहेको भन्दै आचार्यले विष्णुपादुकालाई धरान र बराहसँग जोड्न आफ्नो बिषेश योजना रहेको बताए । वराहक्षेत्र मन्दिर, विष्णुपादुका र धरान जोड्नको लागि रिङरोड वनाउने योजना खुलाउदै आचार्यले धरान आउने पर्यटकहरुलाई सवै क्षेत्रको भ्रमण र दर्शन गराउन रिङरोड आवश्यक भएको बताए ।
आगामी ५ वर्ष भित्रमा आफुले रिङरोड र सर्दु खोलामा पक्की पुल निर्माणको प्रतिवद्धतालाई पुरा गरिछाड्ने उनको भनाई थियो । बाह्य तथा आन्तरिक पर्यटकहरु बराह क्षेत्र मन्दिर, विण्णुपादुका मन्दिर हुदै धरानका धार्मिक स्थलहरुको भ्रमण र दर्शन गराउदा यो क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने उनले बताए । धरान र विष्णुपादुकालाई जोड्न सर्दुमा पुल निर्माण गरेर त्यहाँ उत्पादन हुने कृषि क्षेत्रलाई वजारसम्म ल्याउन सहज हुने उनले बताए । आगामी ५ वर्ष भित्रमा नै सर्दुमा पुल आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘लेखेर राख्नुहोस ’चुनाबी कोण सभालाई संवोधन गर्दै आचार्यले भने, ‘अबको ५ बर्षभित्र पक्की सडक, सर्दुमा पुल पक्का बन्नेछ ।’
पुल वनेपछि यो क्षेत्रको भाग्य चम्किने आचार्यले बताए । कृर्षि क्षेत्रमा उतिकै महत्व र संभावना बोकेको क्षेत्र विष्णु पादुका भएकाले कृर्षि क्षेत्रको विकास गर्नका लागि कृषकलाई सहुलियत दिनुपर्ने उनले बताए । यो क्षेत्र वेसार, अदुवा, अकबरे खुर्सानी, अम्लिसो लगायतको पकेट क्षेत्र भएका हुनाले अव यसको उत्पादनलाई बढाएर बजारीकरणको आवस्यकता भएको आचार्यले बताए । कृर्षिमा आधुनिकरण गर्दै गाइपालन फर्म, वाख्रापालन फर्म वनाएर कृर्षिमा आधारित कृषकको जीवन स्तरमा सुधार गर्नु पर्ने उनको भनाई । त्यसका लागि अव वन्ने प्रदेश सरकारले कृषकलाई सुविधा र सहुलियत दिने पनि उनले बताए । कोण सभामा वाम गठवन्धनका प्रतिनिधी सभाका उम्मेद्धवार जय कुमार राई, समानुपातिक उम्मेद्धवार सावित्री श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
‘स्थानीय स्तरमा वेसारको उद्योग ’
साविकको विष्णुपादुका र बराह क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु मध्ये वेसारको उत्पादनलाई बढाउन बाम गठवन्धनका सुनसरी क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेद्धवार जय कुमार राईले वेसा उत्पादन गर्ने उद्योग वनाउने प्रतिवद्धता जनाएका छन् ।
स्थानीय स्तरमा उत्पादन हुने वेसारले अहिले सम्म वजारीकरण हुन नसकेको भन्दै उम्मेद्धवार्रे उद्योग स्थानीय स्तरमा निर्माण गरी उप्पादित वेसारलाई वजार सम्म पु¥याउनु पर्ने पहिलो आवस्यकता भएको बताए । उनले उद्योग भएमा स्वरोगार समेत स्थानीयवासी हुने र वैदेशिक रोजगार अन्य कामको लागि भौतारिनु नपर्ने बताए । अहिले सम्म भईरहेका सरकारले कृर्षि क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिदैं अव स्थानीय स्तरमा उद्योग स्थापना गर्न आफ्नो पहल कदमी हुने समेत प्रतिवद्धता जनाए । तर पहिलो चरणमा यहाँको सडकको दुरअवस्थालाई चिर्नका लागि आफुले अव वन्ने प्रदेश सरकार र केन्द्रिय सरकारको समन्वयमा सडक निर्माणलाई पनि पहिलो प्राथमिकतामा राख्ने बताए ।
उद्योग वनाएपछि उत्पादित वेसारलाई वजार सम्म ल्याउन पनि सडक पहिलो आवस्यकता भएको राईको भनाई छ । त्यसैगरि विष्णुपादुकामा उत्पादन हुने अदुवा , अम्लिसो , अकबरे खुर्सानीको विक्री वितरण स्थानीय स्तरबाट गर्नु पर्ने आवस्यकता रहेको बताए । त्यसका लागि कृषि संकलन केन्द्र पनि निर्माण गर्नु पर्ने राईले बताए । केन्द्रमा संकलन भएको कृषिजन्य वस्तु वजार सम्म ल्याउनका लागि कृषकलाई सहज हुने मात्रै होइन सडक र अन्य सविधा भएपनि नेपाल लगायत भारतका व्यापारी समेत विष्णुपादुका पुग्न सक्ने उनको अनुमान छ । राई भन्छन्‘ मैले जे जति गर्नेछु , कृर्षि क्षेत्रको विकास लागि हो अनि अन्य पुर्वाधार विकासको कुरामा पनि आफ्नो विशेष पहल गर्ने जनाए ।
यता बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा(क) का उम्मेदवार प्रदीप भण्डारीसहित बामपन्थी नेता, कार्यकर्ताहरुले बिहिबार वृहतरुपमा वडा नं १४ मा घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलोमा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङसहितको टोलीले घरदैलो गर्दै बामगठबन्धनलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरेका थिए । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा वामगठबन्धनका उम्मेदवारहरु घरदैलो गर्दे मतदाताहरुलाई भेटिरहेका छन् ।