धरान /  धरान उपमहानगरपालिका १३ को अमर बस्तीको प्रदेश सरकारले खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल स्थानीय सरकार प्रमुखकै संलग्नतामा भत्काइए पछि धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङविरुद्ध उजुरी परेको छ। 

मेयर साम्पाङ, नगर प्रहरी सहायक निरीक्षक सुरेश मंग्राती, राजकुमार राई, पारस राई, पारु राई लगायतका विरुद्ध विहीबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो। आरोपीलाई कारबाहीको माग गर्दै धरान १३ का वडाध्यक्ष नेत्र काफ्ले र खहरेखोला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष राजुराईले उजुरी दिनु भएको हो । सो वालका विषयमा विवाद भएको थियो । केही दिन अघि मेयर आफै नगरप्रहरीसहित भत्काउन पúे पनि वडाध्यक्ष काफ्लेले भत्काउन दिनुभएको थिए । केही अघि नगर प्रहरी सहायक निरीक्षक सुरेश मंग्रातीको नेतृत्वमा बाल भत्काउन लगाए पछि उजुरी परेको हो । 

खहरे खोलाले बर्सेनि क्षति गर्न थालेपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कोसी प्रदेशबाट २० लाख रकमबाट वाल बनाइएको थियो । खहरे खोलामा तारजाली लगाएर ग्याबिनको काम सम्पन्न हुने बित्तिकै मेयर साम्पाङले ग्याबिन भत्काउन नगरप्रहरी लगाइएको हो । मलाई नसोधी खोला थुनेको भन्दैं मेयरले भत्काउनु लगाउनु भएको हो । 

मेयर साम्पाङले धरानमा बजेट विनियोजन गरेर काम गर्नु पर्दा प्रदेश र संघीय सरकारलाई धरान उपमहानगरको अनुमति लिनुपर्ने बताउँदै आउनुभएको छ ।   सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले  उजुरी आएका बताउँदैं इलाका प्रशासन कार्यालय धरानमार्फत बुझने काम भइरहेको बताउनु भयो । विकास निर्माण विवाद स्थानीय सरकारले हेर्ने हो तर यहाँ उजुरी आएकाले बुझ्ने काम भइरहेको उहाँले जानकारी दिनु भएको छ । सरकारी निकायले खर्च गरेर बनाएको संरचना भत्काउनु गलत भएको उहाँको भनाई छ ।