धरान  / धरानको सामुदायिक विद्यालय पब्लिक हाइस्कुलले यस पटकको एसईईमा ८१. ३५ प्रतिशत विद्यार्थी उर्तिण गरेको छ । विद्यालयकी छात्रा तर्फबाट आकृति बराइलीले सुनसरी जिल्ला टप गर्नु भएको छ । उहाँले ३.८६ जिपिए ल्याएर जिल्ला टप गर्न सफल हुनु भएको हो । े 

राष्ट्रिय परीक्षा बोर्ड विहीबार सार्वजनिक गरेको नतिजा अनुसार १९३ विद्यार्थी मध्यमा १५७ जना कक्षा ११ मा भर्ना हुन पाएका छन् । ३४ जनाले साउनमा हुने मौका परीक्षा दिन पाउने भएका छन् । २ जना फेल भएको विद्यालयले जनाएको छ । 

विद्यालयले दिएको जानकारी अनुसार १८ जना एक प्लस, ६७ जना ए, ५० जना वि प्लस र २२ जनाले वि ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर कार्कीले जानकारी दिनु भयो ।  गत बर्ष भन्दा याे बर्ष  उत्कृष्ठ आएकाे कार्कीले बताउँनु  भयाे । 

प्राविधिक तर्फको भने परिणाम आउन बाँकी छ । २५ जना विद्यार्थीहरु प्राविधिक शिक्षा अध्ययन गदै्रं आएका छन् । 

 यस्तै सुनसरीकै अर्को अव्बल सामुदायिक विद्यालय जनता मावि इटहरीबाट जम्मा विद्यार्थी मध्य ४२ जनाले ए प्लस र १२२ जनाले ए ग्रेड ल्याएर पास भएका छन् ।