धरान /  पूर्वको अब्बल सामुदायिक विद्यालय पब्लिक हाइ स्कुल, धरान १२ ले शैक्षिक अभिवृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सोमबार विद्यालयको हलमा आयोजित कार्यक्रममा विल्द्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले विद्यालयले हालसम्म गरेका काम र भावी योजनाबारे  प्रष्ट पार्नु भएको थियो ।  

विद्यार्थी संख्यासँगै गुणस्तर कायम गर्न चुनौती रहेको भन्दैं त्यसमा ध्यान दिन सञ्चारकर्मीहरुले सémाव दिएका थिए । नेपालको पुरानो सामुदायिक विद्यालयमध्ये पब्लिक हाइ स्कुलमा पूर्व प्राथमिक कक्षादेखि १२ कक्षासम्म अग्रेजी माध्यमबाट अध्यापन भैरहेको छ । विद्यालयमा व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, इलेक्ट्रिकल, होटल मेनेजमेन्ट र व्युटिसियन गरी जम्मा ७ वटा समुहमा अध्ययापन भैइरहेको प्रअ झाले जानकारी गराउनु भयो । 

शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको विद्यालयमा ३ हजार ४ सय ४९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा ११ मा कम्प्युटर विषय र कक्षा ९ मा ऐच्छिक गणित, ऐच्छिक विज्ञान विषय अध्ययन अध्ययापन हुने गरेको छ । 

विद्यालयको समग्र विकासमा व्यवस्थापन समितिले खेल्नु पर्ने भूमिकामा आपूmहरूले कुनै पनि कमी हुन नदिएको र सबैको साथ सहयोग र सहभागितामा विद्यालय संचालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताउनु भयो । विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार सुधारमा सञ्चारकर्मीहरुको राय सुझाव लिन यस्तो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । 

सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीहरु खाडी मुलुक जाने र नीजि विद्यालयहरू युरोपियन मुलक जाने जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा चिनिएकाल् यसलाई चिर्नु पर्ने प्रदेश योजना आयोगका सदस्य भवानी बरालले सुझाव दिनु भयो ।  

कार्यक्रममा विभिन्न दृष्टीकोणले पब्लिक हाइ स्कुल नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी गराउनु भयो । विद्यालय नेपाल सरकारको नमुना विद्यालयको रुपमा रहेको, विज्ञान(भौतिक, रसायन र जीव)विषय प्रवर्धनका लागि सरकारले छनौट गरेको साथै नेपालको विद्यार्थी संख्याको दृष्टीकोणले पनि ठूलो स्कुलमा परेको समेत भट्टराईले जानकारी गराउनु भएको थियो । 

शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्रकुमार राईले विद्यालयको प्रगतिमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई केन्द्रमा राखेर सबै पक्ष मिलेर काम गरिरहेको बताउनु भयो । विद्यालयमा विद्यार्थीको संख्या ठूलो भएपनि पूर्व प्राथमिक, प्राथमिक, माध्यमिक र साइन्स तथा इलेक्ट्रिकल समुहमा विभाजन गरेर शैक्षिक गतिबिधिहरू संचालन गरिरहेकोले प्रत्येक विद्यार्थीको व्यक्तिगत रुपमा निगरानी हुनेहुँदा शैक्षिक गुणस्तरमा सहयोग पुगिरहेको साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा विद्यालयका एकाडेमिक इन्चार्ज वीरेन्द्रबहादुर शाह, अग्रज पत्रकार हर्ष सुब्वालगायत शिक्षक कर्मचारीहरुको ृपस्थिति रहेको थियो ।