धरान। युएन कलेज र एफटिएल अनलाइन टेलिभिजनको सहकार्यमा भएको एसईई आईडलको चौथो संस्करणका बिजेता धरान आर्दश बोडिङ स्कुलकी  कुसुम माझी र मेरिल्याड स्कुलकी  डिना चोङ्बाङ बन्नु भएको छ । 

विहीबार धरानको चुम्लङ खिममा भएको एसईई आइडल गायन तथा नृत्य प्रतियोगितामा उपाधि जित्दै उहाँहरुले जनही नगद ५०  हजार रुपैयाँ पाए । त्यस्तै कक्षा ११ र १२ मा सतप्रतिशत छुट प्राप्त गर्नु भएको छ । यस्तै नृत्य र गायनतर्फ दोस्रो सुनखरी एकेडेमीका अमित राई, नृत्यतर्फ सुकुना मावि सुन्दरहरैचा मोरङकी कामना श्रेष्ठ हुनुभएको छ । उहाँहरुले जनही ३०३० हजार रुपैयाँसहित ट्रफी,प्रमाणपत्र हात पार्नु भये । युएन कलेजमा ८० प्रतिशत छात्रवृत्तिको समेत अवसर पाउनु भएको छ । 

यस्तै प्रतियोगितामा गायनतर्फ नेपाल पुलिस स्कुलकी नीरुता सरु मगर तेश्रो र नृत्यमा होलिल्यान्ड इङलिस स्कुल भद्रपुर झापाकी एलिसा राई तेश्रो हुनु भएको छ । 

धरानबाहिर पढ्न चाहने विद्यार्थीको हकमा भने काठमाडौँको मोडल कलेजमा छात्रवृत्ति पढ्न पाउने छन्। धरानमा भने युएन कलेजमा छुट पाउने आयोजक एफटिएल अनलाइन टेलिभिजनका अध्यक्ष डम्बर तुम्बापोले जानकारी दिनु भयो । 

कार्यक्रममा प्रमुख अथिति लोचन भट्टराई रहनुभएको कार्यक्रममा विशेष अथितीमा चर्चित गायिक  अस्मिता अधिकारीको उपस्थिति रहेको थियो । 

प्रतिस्पर्धामा करिब २३ सयजति सहभागीबाट आइडलमा  प्रदेश भरी धनकुटा ,झापा, मोरङ, इटहरीका प्रतिस्पर्धी रहेका थिए। एसईई  कोरियो ग्राफर धरानका  गायनतर्फ निर्णायक बिकास लिम्बू, विनाय राई र जमुना राई रहेका रहनुभएको थियो । त्यस्तैगरि नृत्यतर्फका निर्णायक धरान नृत्य प्रतिष्ठानका अध्यक्ष मणि राई, प्रितम सम्बाहाफे र प्रनिता तामाङ रहनुभएको थियो । नृत्य कोरियोग्रफी धरानकी केविका खत्रीले गर्नु भएको थियो । कार्यक्रमको संयोजन तीर्थ कार्कीले गर्नु  भएको थियो ।