काठमाडौं । गत असोजमा नेपाल भित्रिएको  भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले भरखर बजारमा ल्याएको पल्सर एन १५०  मोटरसाइकलका विक्रि धरानबाट पनि सुरु भएको छ । बजाज कम्पनिको आधिकारिक विक्रेता  धरान -८ स्थित अर्विन एण्ड ब्रदर्श अटोले शुक्रबार पल्सर एन १५०  धरान आएको जानकारी दिइएको छ । 

असार २ गतेदेखि  असार  ८ गतेसम्म अर्विन एण्ड ब्रदर्श अटोले  चलाएकाे 'साटा-साट' अभियान अन्तर्गत आज  उक्त माेटरसाइकल सार्वजनिक गरेकाे हाे । पल्सर एन सिरिजमा यस अघि  १६० र २५० सीसीको बजारमा लन्च भइसकेका छन् । एन १६० बाट प्रेरित यो मोटरसाइकल बजारमा ल्याइएको हो । एन १६० को तुलनामा डिजाइनसंगै धेरै फिचरहरू परिमार्जन भएको अर्विन एण्ड ब्रदर्श अटोका संचालक अर्विन तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार कम्प्युटर सेगमेन्टमा रहेको यस मोटरसाइकलमा वुल्फ–आई जस्तै देखिने आकर्षक एलईडी प्रोजेक्टर हेडल्याम्प, सफ्ट र स्टाइलिस डिजाइनसंगै ठूलो आकारको फ्युल ट्यांक राखिएको छ ।


बजाज पल्सर एन १५० मा १४९.६८ सीसी क्षमताको फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४.५ ब्रेकहर्स पावर र १३.५ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पीड गियरबक्स छ । मस्कुलर डिजाइनको एन १५० मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि सिंगल मोनोसक दिइएको छ । यसको ब्रेकिङ मजबुत बनाउनका लागि अगाडि २४० एमएम डिस्कब्रेकसंगै एबीएस समेत दिइएको छ । पछाडिको टायरमा भने १३० एमएमको ड्रमब्रेक सिस्टम रहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिघण्टा ५० किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलमा कन्टुर्ड स्टेप सीट, स्पोर्टीयर अन्डरबेली एग्जस्ट, फ्लोटिङ बडी प्यानल, क्रश सेक्सन टायर रहेको छ । राइडरलाई सहज बनाउन यसमा ‘लो एन्ड ग्रन्ट’को लागि ट्युन गरिएको छ । एन १६० मा प्रयोग भएका फिचरहरू रहेको यस मोटरसाइकलमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्पीडोमिटर र ट्याङकमा यूएसबी पोर्टसमेत राखिएको छ । यो मोटरसाइकल तीन कलर अप्सनमा उपलब्ध छ । कम्पनीले भारतीय बजारमा यसको मूल्य १ लाख १७ हजार ६७७ भारु निर्धारण गरेको छ । नेपालमा यसको मूल्य ३ लाख ५९ हजार ९०० रहेको छ । अर्विन एण्ड ब्रदर्श अटोले फाइनान्स र एक्सचेन्ज सुविधामासमेत उपलब्ध गराउने जनाएको छ ।