धरान "/ सामुदायिक विद्यालयहरुलाई कसरी सवल र उन्नत बनाउन सकिन्छ भन्ने विषयमा सामुदायिक विद्यालय  महासंघ  मोरङ सन्दर हरैचा  नगर समितिुले एक छलफल कार्यक्रमको आयोजना गरेको छ । 

बुधबार सुन्दर हरैचामा भएको एक दिवसीय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय व्यवस्थापन समितिको भमिका बारे भएको कार्यक्रममा महा संघका केन्द्रिय अध्यक्ष गुणराज मोक्तानको सहभागीता रहेको थियो । कार्यक्रमकमा नगर क्षेत्रका विद्यालय व्यवस्गथापन समितिका अध्यक्षहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा सहभागी अध्यक्षहरुले आफ्नो विविध पक्षका गनासो,ु सुझाव, जिज्ञासाहरु राख्नुभएको थियो । जिज्ञासाको जवाफ केन्द्रीय अध्यक्ष मोक्तान, प्रदेश कार्यबाहक अध्यक्ष हरि कार्की, सुनसरी जिल्ला सामुदायिक विद्यालय व्यवस्थापन जिल्ला समन्वय समितिका अध्यक्ष ओम गौतमगौतमलगायतले दिनुभएको थियो । 

कार्यक्रममा भरखरै सरकारले जारी गरेको शिक्षक सरुवा निर्देशिकाबारे पनि छलफल भएको थियो । महासंघले निर्देशिका सच्चाउन सरकारलाई दवाव दिदैं आएको छ । कार्यक्रमको अध्यक्षता सुन्दर हरैचा नगर समितिका अध्यक्ष बिदुर सुवेदीले गर्नु भएको थियोे ।