विराटनगर / २०८० साल माघ १० गते अचानक बेहोस  भइ लडेर अचेत हुन्हुभएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश चौधरीको आज  निधन भएको छ । 

लामो समयदेखि उपचारर्थ चौधरीको मंगलबार विहान निधन भएको पालिकाले जनाएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यक्ष जयप्रकाश चौधरीको निधन प्रति दुख व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले शोक वक्तव्य प्रकाशित गरेर चौधरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन एवं ग्रामथान बासीमा समवेदना व्यक्त गर्नु भएको छ । वहाँले शोक वक्तव्यमा ५६ बर्षको उमेरमा देश र जनताको सेवामा समर्पित  रहेकै अवस्थामा भएको निधनबाट हाम्रो प्रदेशले एउटा जुझारु र कर्तव्य निष्ठ जनप्रतिनिधि गुमाएको उल्लेख गर्नु भएको छ ।  

का जनतामा परेको पीडामा प्रदेश सरकार संगसगै रहेको उल्लेख गर्नु भएको छ ।   

२०२४ सालमा जन्मनु भएका चौधरी सानै उमेर देखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । मोरङको तत्कालीन मोतिपुर गाविसको अध्यक्ष २०४९ सालमा निर्वाचित भै भुमिका खेल्नु भएका चौधरीले २०७९को स्थानीय चुनावमा पालिका अध्यक्षमा बिजय हासिल गरि निरन्तर बिकास र सामाजिक कामै सक्रिय भएको स्मरण  गर्नु भएको छ ।