• खगेन्द्र कार्की 

सप्तकोसी / सप्तरीको सप्तकोसी  नगरपालिका १ फत्तेपुरमा संचालित  प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि देखि  शुरु  भएको छ । 

सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा  फत्तेपुरमा रहेको सहिद  स्मृति रंगशालामा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले प्रमुख एम्पाएर मोहन चौधरीलाई बल हस्तान्तरण गरेर गर्नु भएको छ । 

असार १ गते देखि  ८ गते सम्म सञ्चालन हुने प्रथम सप्तकोसी गोल्डकप  फुटबल प्रतियोगिताको शनिबार भएको एलएक्स सिटी फुटबल क्लब मोरङ र बर्दिबास नगरपालिका महोत्तरी बिच भएको  उद्घाटन खेलमा निर्धारित समयमा  दुबै टिमबाट २(२ गोल गरेर बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो। ट्राइवेकरमा मोरङलाइ  ४(३ गोलअन्तरले पराजित गर्दै  बर्दिबास नगरपालिका महोत्तरी सेमिफाइनल प्रवेश गरेको छ ।

गोल्डकपको  दोस्रो क्वाटरफाइनल खेल आइतबार  आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र न्यु स्टार फुटबल क्लब सुनसरी बिच हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा  न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर  फुटबल क्लब मोरङ ,न्यु स्टार  फुटबल क्लब सुनसरी, धरान स्पोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी  र  बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद  २ लाख  र १ लाख  ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका  अध्यक्ष सुरेश खडकाले जानकारी दिनु भयो ।