धरान / श्रेया ऋण तथा बचत सहकारी संस्था पीडित र संस्थाको सम्पति रोक्का गरेर बसेको प्राइम बैंक विच धरान उपमहानगरपालिका वडा नं. १५ ले दुई पक्ष विच छलफल गराएको छ । 

१८ करोडमा बैकले धरानमा भएका ५ कित्ता जग्गा धितोमा राखेको छ । सहकारी र विभिन्न व्यवसायीक कर्जा निकालेका चन्द्रबहादुर खापुङ र छोरा लाेक खापुङले तीन बर्षदेखि बैंकलाई बुझाउनु पर्ने साँवा व्याज बुझाएका छैन् । दैनिक ९४ हजार रुपैया व्याज बढ्दैं गएको तर कर्जा सकार्न नीजहरु सम्पर्क नआएकाले लिमामको प्रक्रियामा गएको बैंकले जनाएको छ । 

यता बैशाख २४ गते बैंकले जग्गा विक्रिका लागि वडामा विक्रि कागजका लागि निदेवन दिए पछि वडाध्यक्ष पीडितहरुसँग छलफल गराएर मात्र दिन अडान लिनु भएको थियो । 

सोही क्रममा केही दिन अघी, ६०५, १०३, १२१ लगायतको समुह वडाको सम्पर्कमा आई जग्गाको सिफारिस नदिन निवेदन दिनु भएको थियो ।

वडामा भएको विवरण अनुसार कित्ता नं.  ७६१२ ०–० –१६.५–० बाझगरा १ क, १०४० ०–१–५–० बाझगरा १ क, ९५०६ ०–२–०–२ बाझगरा १ क, ९५७१ ०–२–१५–० बाझगरा १ क, ९५६९ ०–०–४–० बाझगरा १ क सुनसरी र २६४१ ०–४–१५–० बाझगरा १ क जग्गा चन्द्र खापुङको नाममा रहेको छ ।  

जग्गा लिलाम विक्रिका लागि बकैले प्रक्रिया थालेको थाहा पाए पछि गत विहीबार ६ सय ५ जना पीडितहरुको समुहले वडा कार्यालयमा पुगेर विक्रिको कागज नदिन निवेदन दिएका थिए । 

जग्गाको लिलाम, डाकवोल गर्ने प्रकृयाका लागि रोक लगाई घरजग्गा सिफारिस नगरि रोक्का गरिदिनुहुन र श्रेया वचत तथा ऋण सहकारी संस्था का वचतकर्ता पिडितहरु संगै हामी ६०५ जना पिडितहरुलाई ६९३,५३०,२९० ९अक्षरेपी उनानसत्तरी करोड पैतिस लाख तीस हजार दुई सय नब्बे  रुपैयाँ) रकम भुक्तानीको लागि आवश्यक वातावरण तयार गरिदिनुहुन श्रीमान समक्ष नम्र निवेदन गर्दछौं भनी पीडित लीना श्रेष्ठसहितको समुहले दिएको निवेदनमा भनिएको छ । 

उक्त सहकारीको बचतकर्ताहरु मध्ये देब राई को नेतृत्वमा १०६ जनाको समूहले र अर्का पीडित पर्शु राईको नेतृत्वमा १५१ जनाले अदालतमा मुद्दा दायर गरिसकेका छन भने अब लिना श्रेष्ठको नेतृत्वमा रहेको ६०५ जनाको समुह ले पनि मुद्दा लगाउने तरखरमा रहेको पीडित राजेश शाक्यले बताउनुभयो ।

 वडाले गत सोमबार पीडित र बैंक प्रतिनीधि विच सामान्य छलफल गराएको छ । आगामी सोमबार फेरी छलफल गरि निष्कर्ष पुग्ने पीडित मध्यकी लिना श्रेष्ठले जानकारी दिनु भएको छ । पीडितहरुले डुवेको आफुहरुको पनि पैसा आउने गरि बैंकले प्रक्रिया अगाडी बढाउन माग गदैं आएका छन् । बैंकले भने बैंकको नाममा ल्याउन दिनुहोस् त्यस पछि तपाईहरु सबै मिलेर सकार्न बैंकले आग्रह गदैं आएको छ ।

पीडितहरुले जे कुरामा निर्णय गर्नु हुन्छ आफु सोही अनुसार सहमति दिने वडाध्यक्ष नरेसकुमार इवारामले जानकारी दिनु भयो । जनताका लागि काम गर्न बसेकाले पीडितवडावासीको हितमा आफु काम गर्ने उहाँले बताउनु भयो । कुनै निकास विना बैंकलाई विक्रिको कागज दिन नसकिने उहाँको अडान छ ।

याे पनि पढ्नुहाेस् 

खापुङको सम्पति बैंकले लिलाम गर्ने भए पछि श्रेया सहकारी पीडितहरु विक्रि रोक्न वडा कार्यालय पुगे