धरान  / सुनसरी इलाम सम्पर्क मञ्चले आयोजनामा इलामको उपनिर्वाचनमा नेकपा एमाले माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन धरानबाट अभियान सुरु गरेको छ । 

मंगलबार धरान पार्टी कार्यालयमा वृहत कार्यक्रम गरि अभियान सुरु गरिएको जानकारी दिएको छ । इलाम घर भई धरान बस्दैं आउनु भएका मतदाताहरुलाई निर्वाचनका दिन इलाम लान र सुहाङको पक्षंमा मत हाल्न पार्टीले अभियान सुरु गरेको नगर अध्यक्ष हर्कराज एभेङले जानकारी दिनु भयो । 

कार्यक्रममा सुहाङ नेम्बाङको व्यक्तित्व, इलामको भुगोललगायतबारे नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पर्यटन विभाग उपप्रमुख कृष्ण शाहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य यशाेदा कायस्था, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मीन सुब्बा, नारायण सुवेदीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । धरानमा बसोवास गर्ने इलामका मतदाताहरुको उल्लेखीय सहभागीता रहेको इलाम घर भइ धरानमा व्यवसायी गदैं आउनु भएका नरेस मगरले जानकारी दिनु भयो ।  सुनसरीमा ५ सय भन्दा बढी  इलामका मतदाताहरू रहेकाछन् ।

यहाँ भएका मतदाताहरुलाई पहिचान गरि उनीहरुसँग सम्बाद तथा सुहाङको विषयमा जानकारी गराउने र निर्वाचनमा उनीहरुलाई इलाम लैजान सहजिकरण गर्ने सम्मको अभियान तय भएको नेता शाहले जानकारी दिनु भयो । 

कार्यक्रम सुनसरी इलाम सम्पर्क मञ्चका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।