धरान / धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।  इमरजेन्सी कक्षमा अन्य विमारीहरु पनि हुने कारण दुर्घटना तथा हाडजोर्नी सम्बन्धि समास्य भएका विमारीहरुलाई तत्काल उपचार गर्ने व्यवस्था मिलाउन छुट्टै इमरजेन्सी सेवा संचालन गर्न लागिको प्रतिष्ठानका प्रवत्ता तथा हाडजोर्नी विभागका प्रमुख प्राडा पशुपति चौधरीले जानकारी दिए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारवाट माघ १० गते समुद्घाटन गर्ने गरि तयारी भईरहेको उनले बताए । अर्थोपेडिक इमरजेन्सी सेवाको क्षमता हाल १५ शैयाको रहन प्रतिष्ठानले जनाएको छ । को प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए । हाडजोर्नीको छुट्टै इमरजेन्सी सेवा विस्तार भएपछि विरामीहरुले सहज उपचार पाउने र चिकित्सकलाई पनि उपचारमा सहजता आउने अस्पताल निर्देशक प्राडा गौरिशंकर साहले जानकारी दिए । ।
हाल परिओडिक(वाल), प्रसुनी र जेनेरल इमेरजेन्सी सेवा उपलब्द हुदै आएको छ । जेनेरल इमरजेन्सीमा हाड जोर्नीका विमारीको चाप अत्याधिक भएकाले छुट्टै इमरजेन्सी सेवा संचालनमा ल्याउन लागिएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए ।