काठमाण्डाै / ‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सव मनाउदै ‘कृपा संगीत रत्न सम्मान’  द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ ।  

ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबार  भब्य तामझामका साथ् मनाइएको कार्यक्रममा सम्मनित व्यक्तित्वहरुलाई  फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने , कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

त्यस्तै सोहि अवसरमा किड्नीमा समस्याले अमेरिकामा  उपचार गराईरहेका वरिष्ठ पप गायक ओम बिक्रम बिष्टलाई नगद ५१ हजार नगद सहयोग गरिएको थियो ।उहाको छोरा शिखर विक्रम विष्टले नगद ग्रहण गर्नु भएको थियो । गायक विष्टले भिडियो मार्फत कृपा फाउन्डेसनलाई धन्यवाद दिनु भएको थियो ।

साथै कृपा फाउन्डेसनको पहिलो वार्षिक उत्सव र गायक ओम बिक्रम विष्टज्युको जन्मोत्सव केक पनि सोहिबेला कृपा फाउन्डेसनको निरन्तरता तथा गायक विष्टको दिर्घायुको कामना गर्दै  काटिएको थियो भने  सगरमाथाको आरोहन गर्ने तयारीमा रहनु भएका महिला पत्रकारको समुह First

 

Women Journalist Everest Expedition 2018 लाई बराह ज्वेलरीको तर्फबाट नगद रु पाँच लाख प्रदान गरिएको थियो । आरोहणको तयारीमा रहेको महिला पत्रकार समुहमा रोसा बस्नेत , लक्ष्मी कार्की , कल्पना महर्जन , रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन् ।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा गायक शिब लामिछानेको देशभक्तिपूर्ण गीत ‘जय नेपाल’ को भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् । गीतको भिडियोमा शिव आफै प्रस्तुत भएका छन् भने यसमा नेपालको सौन्दर्यतालाई देखाइएको छ । हिमाली तथा पहाडी भेगको रमणीय दृश्य कैद गरिएको भिडियोमा सथानीय संस्कृतिलाई पनि समेटिएको छ ।

कृपा अन्प्लगड नामक चर्चित सांगीतिक कार्यकर्म समेत उत्पादन गर्दै आएको कृपा फाउन्डेसनले सोहि अवसरमा कृपा अन्प्लगडका कलाकारहरुलाई  रोयल्टी प्रदान गरिएको थियो भने कृपा अन्प्लगडको तेस्रो सिजन छिटै आउने जानकारी पनि गराइएको थियो ।

7

सम्मानित सर्जकलाई सम्मान सहित आफ्नो पहिलो बर्षिकोत्सव मनाएको कृपा फाउन्डेसनले सम्मानितहरु प्रति समर्पित गर्दै कृपा फाउन्डेसनका अध्यक्ष तथा गायक शिव लामिछानेले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी , शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बा लिखित , रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा  संगै आफ्ना  गीतहरु जानिन कि मैले , रेशमी घुम्टो , किन दुख्छ मुटु मेरो र चाहे माया गर लगायतका गीतहरु प्रत्यक्ष्य प्रस्तुत गरेका थिए ।