•  बद्रि अर्याल

मोरङ एजेण्डा मन पराएर मुलुकभरी वाम गठबन्धनमा प्रवेश गर्नेको लहर चलेको बेला मोरङमा पनि कांग्रेस परित्याग गरी साढे ३ सय राजवंशी परिवार वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
वाम गठबन्धनको चुनावी घरदैलोका क्रममा बेलबारी–१० बलुवाईबाट सम्पूर्ण राजवंशी गाउँ नै नेपाली कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेको हो ।
घरदैलो कार्यक्रमको शिलशिलामा मोरङको बेलबारी–१० बाट प्रदिप राजवंशीको नेतृत्वमा साढे तीन सय युवा–युवती, महिला, मजदुर वाम गठबन्धनमा प्रवेश गरेका हुन् । वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकाल, प्रदेशसभा क सदस्य उम्मेदवार गीता तिम्सिना, निवर्तमान सांसद चण्डीप्रसाद राईसहितले नव आगन्तुकलाई अविर र खादाले स्वागत गरेका थिए ।
नव प्रवेसीका तर्फबाट प्रदिप राजवंशी र श्याम राजवंशीले कांग्रेसको कार्यकर्ता प्रति गर्ने व्यवहार मन नपरेको र वाम गठबन्धनले उठाएको राष्ट्रियताको मुद्दा मन परेको बताए ।