विराटनगर  / नेकपा नेकपा एमाले निकटको लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कोशी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा ताप्लेजुङका हरी थलङ सर्वसम्मत हुनु भएको छ । 

मोरङको सुन्दरहरैचामा शनिबार सम्पन्न महासँगको प्रथम अधिबेशनबाट थलङको नेतृत्वमा १ सय १ सदस्यीय कोशी प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा ओखलढुङ्गाका मनिराज राई, सचिबमा सुनसरीका नुनाम राई(पशुपती), उपसचिबमा तेह्रथुमका धिरेन्द्र गुरुङ र उदयपुरको हिम कुमार मगर चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा झापाकी लक्ष्मी मेचे सर्वसम्मत चयन हुनु भएको छ । 

अधिवेशनले मोरङ र सुनसरीबाट ३ महिलासहित ७र ७जना, ईलाम र उदयपुरबाट दुई महिलासहित ५र५ जना, खोटाङ  ओखलढुङा, भोजपुर र तेह्रथुमलगायत अन्य जिल्लाबाट १ महिलासहित ३र३ जना सदस्य सर्वसम्मत चयन हुनु भएको छ । यस्तै, खुल्लाबाट १२ र भगीनि सङगठनहरुबाट २४ जना गरि १ सय १ सदस्यीय कमिटी चयन गरिएको महासङका नवनिर्वाचित सचिब नुनाम राईले जानकारी दिनु भयो । कार्यक्रममा नेकपा एमालेका उपमहासचिब पृथ्वी सुब्बा गुरुङ, स्थायी समिती सदस्य भानुभक्त ढकाल, शेरधन राई, शिवमाया तुम्बाम्फे, हिक्मत कार्की, महासङका केन्द्रिय अध्यक्ष पासाङ शेर्पालगायतको उपस्थिती रहेको थियो ।