धरान  / धरानको १२३ औंं धरान स्थापना दिवसकाे अवसरमा आयाेजित 'धरान उत्सव'को उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी हुनु भएको छ । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिनु भएको थियो । प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकलम दाहालाई निमन्त्रणा गरिए पनि उहाँले समय नदिए पछि उत्सको उद्घाटन भने मेयर हर्क साम्पाङले जेष्ठ नागरिकबाट गराउनु भएको छ । 

मेयर बालेन शाहले उत्सवलाई छोटो रुपमा सम्बोधन गदैंं भन्नु भयो -'धेरै बर्ष अगाडि धरान विपी प्रतिष्ठानले चर्चित थियो । त्यस पछि सफा र सुन्दर शहरको रुपमा चर्चित भयोे । त्यस पछि जनसहभागीताको शहर भनेर चिनियो ।' अहिले यहाँका मेयर उपमेयर र धराने जनताका कारण चर्चित भएको उहाँले बताउनु भएको छ । धरान दुई चार वटा कुरामा काठमाडौं भन्दा अगाडी भएको मेयर शाहले बताउनु भयो । धरानका मेयरले चलाएको श्रम संस्कृति अभियान, यहाँको संस्कार र संस्कृति काडमाडौं भन्दा अगाडि रहेको उहाँले बताउनु भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैं मेयर साम्पाङले काठमाडौले धरानलाई नसुनेको गुनासो गर्नु भएको छ । केन्द्र सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन नचाएको बताउदैं. सधै कारिदाको रुपमा हेर्ने गरेको उहाँले बताउनु भयो ।

धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रमलाई पाँच दिनसम्म आयोजना गरि मनाउने कार्यक्रम तय गरेको छ ।  

यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिए पनि प्रचण्डको सचिवालयले व्यस्तताका कारण देखाउदैं  नआए पछि मेयर साम्पाङ आक्रोशित समेत हुनु भएको थियो । 

धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर समेत हटाउनु भएको थियो । धरानलाई हेप्नेहरुको तस्विर राख्न उपयुक्त नभएको जवाफ दिदैं आउनु भएको छ । साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको राख्नु भएको छ ।  

मेयर राईले पुस १२ गते आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको राखेपछि दलहरू समेत असन्तुष्ट बनेका छन् । कार्यपालिका सदस्यहरुले समेत आपत्ति जनाउदैं आएका छन् । 

प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाउनु भएको थियो । काठमाडौं र धरानका मेयर दुवैजना स्वतन्त्र निर्वाचित हुन्। उहाँहरूका कामदेखि भनाइसम्मले सामाजिक सञ्जालमा चर्चा पाउदैं. आएको छ ।