धरान । सुनसरीमा रहेका सापकोटा बन्धुहरुको हक हित र संरक्षणको लागि गठित सापकोटा कल्याण केन्द्र नेपाल सुनसरीको चौथो साधारण सभा इटहरीमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले धरानका गिरीधारी सापकोटालाई सभापतिमा निर्विरोध  चयन गरेको छ ।  । नव गठित समितीका सभापति  सापकोटा जिल्लाको संस्थापक सभापति समेत हुनु हुनु हुन्छ । उहाको नेतृत्वमा पुन गठित समितीको उप सभापतिमा उर्मिला सापकोटा, सचिव उपेन्द्र सापकोटा,कोषाध्यक्ष मन्दिरा गुरागाई र सदस्य सृजना सापकोटा रहनु भएको छ ।

सभापति सापकोटाले दिएको जानकारी अनुसार जिल्लाको भुगोलको आधारमा बठकद्धारा समितिले पूर्णता पाउने जनाइएको छ । चौथो साधारण सभाको प्रमुख अतिथी सापकोटा कल्याण केन्द्र नेपालको केन्द्रिय अध्यक्ष कविन्द्र सापकोटा रहनु भएको थियो भने विशेष अतिथी निवर्तमान अध्यक्ष राजेन्द्र सापकोटा र अतिथी प्रदेश सभापति प्रजापति सापकोटा लगायतको उपस्थितीमा सम्पन्न भएको हो । 

सुनसरीमा रहेका सापकोटा वन्धुहरुलाई एकतामा ल्याएर संगठित गर्ने, हक हित र अधिकार सहित वंशावाली तयार गरिने सभापति सापकोटाले वताउनु भएको छ भने सुनसरीमा लगभग ३ सय भन्दा वढी सापकोटाहरु रहनु भएको छ ।